Nepali News Portal

डिष्ट्रिक इनरव्हिल ३५० ले लुम्बिनीमा मनायो अन्तर्राष्ट्रिय विश्व शान्ति दिवस

बुटवल ।
डिष्ट्रिक इनरव्हिल ३५० लेअन्तर्राष्ट्रिय विश्व शान्ति दिवस लुम्बिनीमा मनाएको छ ।विश्व शान्ति दिवसको अवसर पारेर यो कार्यक्रम मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि नेशनल रिप्रेजिन्टेटिभ समिरा ध्वजुले गौतमबुद्ध जन्मिएको शान्तिभूमिमा आएर शान्ती दिवस मनाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । ध्वजुले लुम्बिनीमा आयोजना गरिएको कार्यक्रमबाट शान्तिपूर्ण समाजको निर्माण गर्न सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने सन्देश जाने बताउनुभयो ।

कार्यक्रममा बोल्दै इनरव्हिल डिष्ट्रिक ३५० नेपालका चियरमेन आशा श्रेष्ठले संयुक्त राष्ट्रसंघद्वारा घोषित यो दिवसमा विश्वभरि शान्ति, अहिंसा, र द्धन्द्वविहीन संसारको महत्वबारे जागरूकता फैलाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।गौतम बुद्धको जन्म स्थल शान्तीक्षेत्र नै बिश्व शान्ती दिवस मनाउन उचित स्थान भएकाले देशभरका इनरव्हिलहरुलाई लुम्बिनीमा भेला गरि कार्यकम गर्न सफल भएकोमा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

डिष्ट्रिक ज्ञानु श्रेष्ठले रिस सबैमा हुन्छ ,त्यसलाई शान्त पार्न सबै लाग्नु पर्छ भन्दै शान्तीको सन्देश घर, समाज राष्ट्रका फैलाउन आवश्यक रहेको बताउनुभयो । रिस, घमण्ड गरेर कहिलै मानिस सफल हुन नसक्ने भन्दै इनरविहलका सम्पूर्ण सदस्य शान्तीको सन्देश फैलाउन लाग्नुपर्ने बताउनुभयो ।निवर्तमान डिष्ट्रिक चियरमेन टुना थापाले विश्व शान्ति दिवस प्रत्येक वर्ष २१ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय दिवस हो, जसको उद्देश्य विश्वभर शान्ति कायम गर्न, द्वन्द्व र हिंसाको अन्त्यका लागि जागरूकता फैलाउन, तथा शान्तिका लागि सबैलाई एकताबद्ध गर्ने दिनका रुपमा मनाृउदै आएको जानकारी दिनुभयो ।

थापाले यो दिवस संयुक्त राष्ट्रसंघले सन् १९८१ देखि मनाउन शुरु गरेको बताउनुभयो।भिक्षु सागर धम्मले गौतमबुद्धले धर्मको संसारिक सुख र ऐश्वर्य परित्याग गरी आत्मज्ञान प्राप्त गर्न साधना गरेर धेरै वर्षको तपस्या र ध्यान पछि उहाँले बोधगया भन्ने ठाउँमा बोधि वृक्षमुनि आत्मज्ञान प्राप्त गरेको बताउनुभयो । कार्यक्रममा लिलामणि शर्मा ,एक्जुकेटिभ मेम्बर निर्मला मल्ल लगायतले लुम्बिनीमा गरिएको कार्यक्रमले संसारभर गौतमबुद्धको शान्तीको सन्देश प्रवाह हुने बताउनुभएको थियो । विश्व शान्ती दिवसको अवसरमा लुम्बिनी शाक्य बुद्ध विहारलाई नगद सहित फलफूल र स्टेसनरी समानहरु सहयोग गरिएको थियो ।

शान्ती दीप बाट विभिन्न नाराको प्ले कार्ड लिएर लुम्बिनीको मायादेवी मन्दिर परिक्रमा गरि विश्व शान्ती कामनाका लागि लुम्बिनीमा विश्व शान्ती दिवस मनाईएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.