Nepali News Portal

आज हरितालिका तीज पर्व, शिवालयमा रौनक

बुटवल  । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । तीज पर्व नेपाली नारीको ठुलो पर्व हो । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

तीज पर्बको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य सभामुख तुलाराम घर्ती  मगरले शुभकामना सन्देश जारी गरि शुभकामना व्यक्त गर्नु भएको छ ।
सभामुख तुलाराम घर्ती मगरले जारी गर्नु भएको शुभकामना सन्देश :

शुभकामना सन्देश

आज हरितालिका (तीज) पर्व । नेपाली महिलाको सबैभन्दा ठूलो पर्व ।  तीज पर्वको अवसरमा लुम्बिनी प्रदेशबासी सम्पुर्ण आमा दिदिबहिनीहरु तथा बुवा दाजुभाइहरुमा सुख, शान्ति एव सम्मृद्वीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सामाजिक, धार्मिक, संस्कृतिक महत्व बोकेको तीज पर्वलाई महिला उन्मुक्ति र उत्साहको पर्वको रुपमा सबै समुदायका  दिदिबहिनीहरुले मनाउदै आउनु भएको छ यो सकारात्मक पक्ष हो ।  किन कि सबै चाडपर्व धर्म बिशेष र समुदायमा मात्र सिमित हुँदैन ।

तीजको सुरवात प्रशंगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरेका कारण खुसी भएर महादेवले विवाह गरेको आख्यान जोडिएको छ । जेजस्तो प्रशंगबाट यो सुरु भए पनि असल पति वा पत्नीको परिकल्पना सबैभन्दा पुरानो संस्था विवाहसँग जोडिएको छ । त्यसैले यो पर्व धार्मिक भन्दा पनि सामाजिक पर्बको रुपमा लिन सकिन्छ ।

तीजलाई विगतमा राजनीतिक उद्देश्यका लागी पनि लिएको पाईन्छ । विगतमा महिलामाथि चरम शोषण हुँदा एक दिन भए पनि वर्ष दिनका वेदना तीजको गित मार्फत व्यक्त गर्ने र आफूलाई उन्मुक्त राख्ने विद्रोही परम्परा पनि यसमा जोडिएको छ । परम्परा, संस्कृति, संस्कार, रीतिरिवाज हाम्रा अमूल्य गहना हुन् जसले समाजलाई एक आपसमा जोडिरहन मद्दत गरेको छ भने स्वार्थीपन र एकांकीपन चिर्न सघाउँछ । एक्लिँदै र खण्डित हुँदै गएको समाजलाई जोड्न पनि हाम्रा चाडपर्वले सहयोग पु¥याउने बिश्वास लिएको छु ।

पछिल्लो समय छठ, तीज आदि सबै वर्ग, समुदाय, जाति, भूगोललाई जोड्ने साँघुका रूपमा आएको छ । त्यसैले तीजलाई यही साँघु अझ मजबुत गराउने र महिलाको आत्मविश्वास बढाइ उनीहरूको सशक्तीकरण तीव्र तुल्याउन सकियोस ।  सामाजिक न्याय  र आर्थिक समानता विना महिला शसक्तिकरण असम्भव छ । यो पर्वले सामाजिक न्यायलाई स्थापित गर्न र नारीहरुको आर्थिक सवलीकरणमा उत्प्रेरित गर्न सफल होस् भन्ने कामना समेत गर्दछु ।

 तीज पर्वको मौलिकतालाई जगेर्ना गर्दै  धार्मिक र सांस्कृतिक रुढता होइन सामाजिक र व्यवहारिक सोचको आवश्यकता परिपुर्ती गर्न सकियोस्, पुनः सम्पूर्ण नारी शक्तिलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

मा. तुलाराम घर्ती मगर
सभामुख

You might also like
Leave A Reply

Your email address will not be published.