Nepali News Portal

भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु

पोखरा (कास्की ) । तनहुँमा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ को मृत्यु भएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको हो । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।

बस सडकबाट मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ ।१४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिनु भयो । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् । घटनाको बिस्तृत विवरण आउन बाकी छ ।

You might also like
Leave A Reply

Your email address will not be published.