काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९-८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । जसअनुसार नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन) क्रमशः प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भए ।
यस्तै गाउँपलिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भए ।
स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६–०७७ बाट सुरु गरिएको भएपनि मन्त्रालयले हिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको प्रवक्ता काली प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
(तस्बिरमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक समारोहमा सम्मान ग्रहण गर्नुहुदै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली । गुल्मीको रुरुक्षेत्र गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिका बनेको हो । )