शुसासन, भ्रष्टचार विरुद्ध काम गर्दा ठूला दलले सरकार ढाले: पुन
रोल्पा । नेकपा (माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन ‘अनन्त’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको सरकार भ्रष्टचारीलाई कारवाही गर्दै शुशासन र सामाजिक न्याय कायम गर्दा सरकार ठूला दल अत्तालिएर सरकार ढालेको कुरा बतानुभयो । उहाँले राम्रो काम गर्दा गर्दै सरकारबाट बाहिर पुगेको जनताले बुझेको बताउँदै फेरी यो यतार्थ विषय जनताका लगेर सामाजिक न्याय, शुसासन, भ्रष्टाचार विरोधि अभियानमा जनतामा निर्भिकता पूर्वक लाग्ने बताउनुभयो ।
यस्तो विचार उपमहासचिव पुनमगरले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पा जिल्लाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै बताउनुभएको हो । नेपालको परिवर्तनमा (माओवादी) जनयुद्धले गरेको हो भनेर अत्तालिएकोले देशका कतिपय राजनीतिक दलहरुले प्रतिगमनतिर जान चाहेको बताउँदै संघीयता, समानुपातिक, समावेशी, धर्मनिरपेक्षता लगायत प्रगशिल व्यवस्थाहरुलाई खारेज गर्न लागेको बताउनुभयो ।
उपमहासचिव वर्षमान पुनमगरले पार्टी भित्रको बहस नयाँ ढंगले माओवादी केन्द्रलाई जनताको पार्टी बनाउने भन्ने विषय रहेको भए पनि पार्टी पुटको हल्ला र निराधार मात्रै भएको बताउनुभएको छ । उहाँले पार्टी झन विशाल बनाउन लागेको बताउँदै आफ्नो पार्टीलाई थप क्रान्तिकारी, जुझारु र एकता बद्ध गर्ने तिर लागेको बताउनुभयो ।
उहाँले रोल्पा जिल्लाको विकास निर्माणमा बजेटका लागि अभाव नभएको बताउँदै त्यसको कार्यन्वयनको क्षेत्रलाई सबैले प्रभावकारी ढंगबाट अनुगमन गर्नुपर्ने बताउनुभएको छ । बजेटलाई सही जनताको पक्षमा लगानी गर्नका लागि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
भेलामा नेकपाका राज्य समिति सदस्य कमल थापा ‘विजुलि’ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भयो । नेकपा (माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुनमगरले स्वागत गर्नुभयो । उहाँले राजनितिक रुपमा नेपालमा माओवादि जनयुद्धका कारणले व्यवस्था प्राप्तीका लागि सफलता प्राप्त गरेको बताउँदै हाल माओवादी आन्दोलन र जनयुद्धले लिएका ऐजेण्डामाथी खतरा रहेकोले एकताको आवश्यक रहेको बताउनुभयो । माओवादी आन्दोलनको रक्षार्थलागि पनि नेकपा माओवादी केन्द्रमा समाहित भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा निवर्तमान लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेकपा (माओवादी केन्द्र) का स्थायि समिति सदस्य पुर्व सभामुख ओनसरी घर्ती मगर, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले सम्वोधनल गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य सीता आचार्य, नेकपा (माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह—इन्चार्ज गुणेन्द घर्ती, नेकपा (माओवादी केन्द्रक) बैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र थापा घर्ती, नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य निमकान्त डाँगि, नेकपा (माओवादी केन्द्र) का प्रदेश समितिका प्रदेश उपाध्यक्ष विरबहादुर खत्रि लगायतको आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का रोल्पा जिल्लाका सयोजक रेशम पुन मगरको अध्यक्षतामा सञ्चालनमा भएको थियो भने सञ्चालन सचिव पूर्ण बहादुर वलीले गर्नुभयो ।
You might also like