बुटवल।
इनरह्वील क्लब अफ जितगढी बुटवलको वर्ष २०२४-२५ को अध्यक्षमा डिलकुमारी भट्टराई निर्वाचित हुनुभएको छ । बुटवलमा तेस्रो पदस्थापन कार्यक्रममा भट्टराईले पदभार ग्रहण गर्नुभएको हो ।
क्लबको बर्ष २०२४-२५ का लागि अध्यक्षमा भट्टराई, आई पि पि मा दुर्गादेवी गौतम ,उपाध्यक्षमा पुष्पा पोखरेल ,सचिवमा रीता लामिछाने, कोषाध्यक्षमा गिता अर्याल पन्त, आई एस ओमा अनिता डुम्रे, इडिटरमा बिमला अधिकारी, एक्जुकेटिभ मेम्बरमा रुपा अधिकारी र जानुका शर्मा ,चयन हुनुभएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष भट्टराईले इनरह्वील डिष्ट्रिकले अगाडी सारेको थिममा रहेर कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक इनरव्हिल ३५० का चेयरमेन आशा श्रेष्ठले रुपन्देहीमा रहेका क्बलहरु मिलेर ग्राण्ड प्रोजेक्टको अवधारण ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रम गरेर समाजमा प्रभाव पार्न सके यस्ता क्लबहरुलाई सबैको साथ र सहयोग रहने बताउनुभयो । क्लबको योजनामा डिष्ट्रिकले सधैँ साथ दिने बताउनुभयो ।
क्लबका मानार्थ सदस्य तथा कार्यक्रमका बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले महिलाहरु सबै क्षेत्रमा अगाडी आउन जरुरी रहेको बताउदै सामाजिक,आर्थिक रुपमा महिलाहरु सक्षम हुन जरुरी रहको क्लबहरुसंग मिलेर नगरपालिकाले सहकार्य र समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।क्लबका संस्थापक अध्यक्ष उमा अर्याल ढकालले क्लब स्थापनाकालको स्मरण गर्दै तिन बर्षसम्म आउदा क्लबले आकार लिन सुरु गरेको बताउदै क्लबले गर्दै आएका कार्यलाई निरन्तरताका साथ अघी बढे लक्ष्यमा पुगिने बताउनु भयो ।
क्लबका संस्थापक सल्लाहकार तथा रोटरी क्लब अफ बुटवल डाउनटाउनका पुर्ब अध्यक्ष राजेन्द्र ढकालले समाज परिवर्तनमा व्यक्तीको सकारात्मक भावना हुनुपर्ने बताउँदै सबै सकारात्मक र सक्रिय भएर लाग्न सके क्लबहरु बाट धेरै काम गर्न सकिने बताउनुभयो ।साथै क्लबसंग रोटरी क्लब अफ बुटवल डाउनटाउनको सहकार्य सहयोग सधै रहने बताउनुभयो । संस्थापक सल्लाहकार हेमा न्यौपानेले काम गर्ने हौसला र परिवारको साथ हुनेहो भने महिलाहरुले जस्तासुकै काम गर्नसक्ने बताउदै नयाँ नेतृत्व लाई सिर्जनात्मक कार्यका लागी शुभकामना दिनुभयो ।रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले महिलाहरु परिवारीक भुमिका सकेर क्लवसम्म आउनु सामाजीक कार्यमा अग्रसर हुनु सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रममा इनरव्हिल क्लब अफ सैनामैनाका अध्यक्ष सुनिता खत्री ,आई पि पि दुर्गादेवी गौतम उपाध्यक्ष पुष्पा पोखरेल लगायतले बोल्नुभएको कार्यक्रम संचालन सचिव रिता लामिछानेले गर्नुभएको थियो कार्यक्रममा बर्ष २०२४-२५ का लागी क्लब डाईरेक्ट्री समेत बिमोचन गरिएको थियो ।