राप्ती उपत्यका (देउखुरी) । सोमबारबार मन्त्रीपरिषदको निर्णय अनुसार लुम्बिनी प्रदेशका प्रमुख कृष्ण बहादुर घर्ती मगर रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी हुनुहुन्छ। संघीय सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई हटाएर कांग्रेसका पूर्व जिल्ला सभापति भएका घर्तीलाई प्रदेश प्रमुख बनाएको हो।
घर्ती रोल्पा जिल्लामा दुई पटक पार्टीको जिल्ला सभापति चुनिएका थिए। १४ बर्ष जिल्ला सभापती भएर काम समेत गरेका उनि कांग्रेस फुट्ने बेलामा हालका पार्टी सभापती शेरबहादुर देउवा तर्फ लागेर प्रजातान्त्रीक कांग्रेसबाट जिल्लाको नेतृत्व गरेका थिए। पछी फेरी उनि पार्टी एकता पछी जिल्ला सभापति नै भए। १२ औं महाधिवेसनमा भएको जिल्ला अधिवेसनबाट हाल प्रदेशको सभापती रहेका अमर सिंह पुनलाई हराएर सभापतीमा निर्वाचित हुनु भएको थियोे । उहाँ जनस्तरमा भिजेका नेताको रुपमा चिनिनुहुन्छ ।
त्यसपछी मात्रै अमर सिंह पुन जिल्लाको सभापति बन्न सफल हुनुभएको थियो ।
तत्कालीन माओवादी शान्तीप्रक्रियामा आउने प्रक्रियामा स्थानीय स्तरमा उहाँले खेलेको भूमिकाको अहिले पनि चर्चा हुने गर्छ । २०४९ सालमा गाविस अध्यक्ष हुनु भएका र हाल सम्म लाभको पदमा नगएका उहालाई यस अघिको निर्वाचनमा समानुपातिक सांसदको सूचीमा राखिएको थियो। हाल घर्तीमगरको बसाई जिल्ला सदरमुकाम लिवाङमा छ।उहाँ २०१६ माघ १० गते जन्मनु भएको हो ।
२०३६ सालको विद्यार्थी आन्दोलन नेविसंघबाट राजनीति सुरु गर्नु भएका उहाले विभिन्न आन्दोलन जेलनेल भोग्नु भयो। उहाँ २०४९ मा साविक घर्तीगाउँ विकास समितिको अध्यक्ष हुनुभयो । नेपाली कांग्रेसको २०४७ जिल्ला कमिटि सदस्य र त्यसपछी जिल्ला सचिव हुनुभयो ।
उहाँ २०४९ जिविस सभापतीमा झग्गुप्रसाद सुवेदी संग चुनावमा पराजित हुनु भयो । सुवेदी उहाका मिल्ने जेल जीवनका साथि हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको २०५९ सालमा आमन्त्रीत केन्द्रिय सदस्य तथा केन्द्रिय सल्लाहकारको जिम्मेवारी समेत निर्बाह गरिसक्नु भएको छ ।
You might also like