बुटवल । नव नियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसका संसदीय दलका सदस्यबाट ४/४ जना सहभागी गराई उहाँले सपथ ग्रहण अघि मन्त्रीपरिषद गठन गर्नु भएको हो । सोमबार प्रदेश प्रमुख अमिक शेरचनद्वारा नवनियुक्त मुख्यमन्त्री आचार्य र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले एमालेका र कांग्रेसका चार/चार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गर्नु भएको हो । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने बताइएको छ ।
नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गर्नु भयो
यसैगरी नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गर्नुभयो ।
एमाले दलका उपनेता समेत रहेका आचार्यले शपथ लिएकै दिन दलका नेताले राजीनामा दिनु भएको छ ।
लिला गिरीद्वारा दलको नेताको पदबाट राजिनामा नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिनु भएको छ । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताइएको छ । लुम्बिनी प्रदेशमा कांग्रेस एमालेको गठबन्धनमा सरकारले संसदीय दलको नेताको हैसियतले लीला गिरी मुख्य मन्त्री भएपनि पाटी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उप नेता चेतनारायण आचार्यले मुख्य मन्त्री बनाए पछी उहाँ रुष्ट हुनुहुन्छ ।
गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको भन्दै राजीनामा दिनुभएको हो ।