Nepali News Portal

संचारिका समुह  नवलपरासीको अध्यक्षमा खनाल

नवलपरासी । संचारिका समुह नेपाल पश्चिम नवलपरासीको भेलाले बिष्णु खनाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । संचारिका समुह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, प्रदेश कोषाध्यक्ष उषा किरण पन्त उपस्थितमा  बर्दघाटमा सोमबार बसेको भेलाले ११ सदसीय समिति गठन गरेको हो ।

त्यसै गरी संस्थाको सचिवमा डोल्मा चौधरी, कोषाध्यक्षमा सम्झना सुवेदी रहेका छन् । सदस्यहरुमा सोनकली थारु, रेनुका चौधरी, सुनयना चौधरी,गिता भट्टराई, अनु सुनार, मिना के सी, र हसिना खातुन रहनु भएको छ ।

उपाध्यक्ष पदलाई सचारिका समुह नवलपरासीले अगामी बैठकबाट मनोनित गर्ने नवनिर्वातिच अध्यक्ष विष्णु खनालले बताउनु भयो।

संचारिका समुहका क्रियाशिल उपसमितिमा हसिना खातुनको संयोजकमा अन्जु सहानी, शितमती हरीजन,शोभा यादव, आरती राना, शारदा धिताल,अमृता सुनार, सुष्मा क्षेत्री लगायत रहनु भएको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.