Nepali News Portal

देउखुरी (दाङ ) । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिवार उक्त बजेट सभामा प्रस्तुत गरेका हुन् । उनले  कूल विनियोजन मध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् । आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान गरिएको छ ।

WPS Office: Complete office suite with PDF editor

Here’s the link to the file:
https://sg.docworkspace.com/d/sIB7vg7auAYmQtrMG

Get WPS Office for Free:
https://kso.page.link/wps

You might also like
Leave A Reply

Your email address will not be published.