Nepali News Portal

मैत्री बहुउद्देश्यीय सहकारी र चौराह अस्पतालबीच स्वास्थ्य सम्झौता

बुटवल,  ।

गुल्मीको तम्घासमा प्रधान कार्यालय भई बुटवलमा शाखा कार्यालय रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडगुणस्तरीय स्वास्थ्य सेवा दिदैं आईरहेको चौराह अस्पताल एण्ड ट्रमा सेन्टर  बीच स्वास्थ्य सेवा सम्झौता भएको छ । बुटवलमा  चौराह अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक विरु भण्डारी, जनसम्पर्क तथा सूचना अधिकृत जनक बहादुर कुँवर र मैत्री बहुउद्देश्यीय सहकारीका तर्फबाट शाखा प्रमुख सुरज पोख्रेल र फिल्ड इन्चार्ज प्रदीप ज्ञवालीले स्वास्थ्य सेवाका विषयमा सम्झौता गरेका हुन् ।

खासगरी मैत्री बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध रहेका सेयर सदस्यहरुको अस्पतालमा उपचार गर्न आउँदा विशेष छुटसहित अस्पतालमा उपलब्ध भएका सबै सेवा तथा साना तिना सल्यक्रियामा मितव्ययीरुपमा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता गरिएको हो ।
त्यस्तैगरी उपचारमा आउने बिरामीहरुका लागि नियमित शुल्कमा अस्पतालले बेड चार्जमा १० प्रतिशत, सम्पूर्ण परीक्षणमा १० प्रतिशत, अप्रेशन चार्जमा १० प्रतिशत, सिटी स्क्यानमा ८ प्रतिशत सम्मको छुट सहुलियत प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले बताए ।

 

You might also like
Leave A Reply

Your email address will not be published.