Nepali News Portal

भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम

बुटवल।

बुटवलमा मङ्गलबारदेखि सुरु भएको भलिबल प्रतियोगिता बिहीबार समापन भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तर्गत भलिवल प्रतियोगिता २०८१ तथा खेलाडी सम्मान कार्यक्रम मंगलवार लुम्बिनी भिजन युवा क्लव रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा  एभरेष्ट वोर्डिङ्ग स्कुलको मैदानमा सुरु भएको थियो ।

प्रतियोगितामा रुपन्देही जिल्लाभरबाट १३ खेलाडी समूहको सहभागिता रहेको थियो । आज भएको फाइनल खेलमा शहीद स्मृति क्लब बुटवल ३५ हजार नगद राशीको पुरस्कार सहित प्रथम भएको छ भने शहीद स्मृति क्लब मोतिपूर ३० हजार पुरस्कार सहित द्वितीय स्थान, देवदह शहीद स्मृति प्रतिष्ठान २५ हजार सहित तृतीय र लुम्बिनी भिजन युवा क्लवले २० हजार राशीको पुरस्कार सहित सान्त्वना स्थान प्राप्त गरेको छ ।

त्यस्तै समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्र रहेका राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । समापन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले एउटा राष्ट्रिय नेताले गरेको काम भन्दा युवाहरु र खेलकुदको विकासले खेलाडी मात्र नभएर देशको समेत पहिचान बनाउने र अन्तर्राष्ट्रिय रुपमै गौरव बढाउने बताए । बुटवलमा सुरु भएको भलिबल खेलले खेलडीहरुको खेल क्षमताको विकाससँगै प्रदेशकै पहिचान बनाउने हुँदा तिनै तहका सरकाले युवा र खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए ।

खेल क्षेत्रमा स्थानीय सरकारले लगानी गर्नु र यस्ता कार्यक्रम आयोजना गर्नुले स्थानीय युवाहरुमा एकरुपता ल्याउन सहयोग पुग्ने बताए । युवा र खेल क्षेत्रमा पनि संघ र प्रदेश सरकारले स्थानीय तह सगँ सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्ध व्यक्त गरे ।

सोही क्लबका अध्यक्ष नारायण जिसिले युवाहरुको उर्जा र क्षमता प्रयोग गरी राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गर्ने उद्देश्य लिएर लुम्बिनी भिजन युवा क्लवले यस्ता कार्यक्रम निरन्तर गर्ने र भोलिका दिनहरुमा पनि सबै युवाहरुको अभिभावकत्व बहन गर्ने गरी अगाडि बढेको बताए । सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत समाजमा छरिएर रहेका युवाहरुलाई एकिकृत गर्ने प्रयासमा क्लव जुटेको बताए ।

 

You might also like
Leave A Reply

Your email address will not be published.