Nepali News Portal

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ ।

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

 

निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गरी इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु २।२६ र रु ३।२६ ले बढेर आएको र निगम सञ्चालक समितिको बैठकले राति १ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको जानकारी दिएको छ ।

योसँगै पेट्रोलको नयाँ मूल्य १७५ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको नयाँ मूल्य १५८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.