Nepali News Portal

जनसास्कृतिक महासङ्घ लुम्बिनीको अध्यक्षमा मार्क्सवादी साैन्दर्यशास्त्री कविराज पौडेल चयन

देउखुरी । जनसास्कृतिक महासङ्घ नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ। वरिष्ठ छन्दकवि तथा मार्क्सवादी साैन्दर्यशास्त्री कविराज पौडेल अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको हो । जसको उपाध्यक्षमा शशिराम कार्की र बालकृष्ण भलामी,सचिवमा लेखा अधिकारी, सह-सचिवमा उत्रिचन हरिजन र काेषाध्क्षमा जमुना बिक चयन भएका छ्न । सदस्यहरुमा सुवास रिजाल,तारा राेकाय, केशव बेल्बासे,सुजन थारु,डाेलराज न्याैपाने,देवेन्द्र जिसी, खेम बिक,रन्जु बिक, केपी मगर,यश कुमार र कमला सुनार रहेका छ्न । सम्मेलनले आङ्गिक संगठन तर्फ जनकलाकार संघ,संयोजक -बालकृण भलामी,सहसंयोजक -पुर्णिमा जिसी,सदस्य- विशाल श्रेष्ठ, कोपिला मगर र गुड्डु यादवलाई चयन गरेको छ । त्यसैगरी लेखक संघतर्फ,अध्यक्ष : गोबिन्द खड्का,उपाध्यक्ष – गणेशा कार्की /यज्ञलाल सुवेदी,सदस्य : चन्द्रभूषण द्वेबे निर्वाचनद्वारा चयन भएका छन्।
साथै महासङ्घले जनवादी गायक मोहित श्रेष्ठलाई सम्मान पनि गरेको छ। जनसास्कृतिक महासङ्घ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष कविराज पौडेलको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्यौपानेको प्रमुख आतिथ्य र जनसांस्कृतिक महासङ्घ, नेपालका कार्यबाहक अध्यक्ष क.भिम कुमाखी, नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारीको विशिष्ट आतिथ्य, महासङ्घ नेपालका उपाध्यक्षहरू कर्ण विद्रोही, प्रगति महरा, सुदिन चौधरी, सचिवालय सदस्य महासचिव सुवर्ण हमाल र सचिवालय सदस्य सरला पुन लगायतको आतिथ्यमा आइतबार दाङको राप्ती उपत्यका देउखुरी सम्पन्न भयो ।
कार्यक्रममा जनवादी नृत्यका साथै जनवादी गायक कर्ण विद्राेही तथा माेहित श्रेष्ठले “कसले भन्छ? क्रान्ति यहाँ” भन्ने बहुचर्चित जनवादी गीत प्रस्तुत गरेका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.