Nepali News Portal

नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबिच सहमति

देउखुरी ।  लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबिच सहमति भएको छ । सत्तासाझेदार दलहरुबिच बिहीबार नयाँ सरकार गठनका लागि साझा ढंगले अगाडि बढ्ने सहमति भएको हो ।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । ती दलहरुबीच सरकार सञ्चालनका लागि ५ बुँदे समझदारी समेत बनेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ने.क.पा. (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको दलका नेता जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दैछन् । दलहरुबिच प्रदेशमा हुने राजनीतिक नियुक्तीहरु सत्ता साझेदार दलहरुको अपनत्व हुने गरी गर्ने समझदारी पनि भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.