देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत नलिएर राजिनामा दिने तयारी गरेका छन् ।उनले आज दिउसो ४ बजे बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गरि राजिनामा दिन लागेका हुन । मुख्यमन्त्री चौधरीले आज प्रदेशसभाबाट विश्वासको मत लिने सभाको कार्य सुची थियोे । विश्वासकाे मत प्राप्त हुने अवस्था नदेखिएपछि मुख्यमन्त्री चाैधरीले राजिनामा दिने तयारी गरेका हुन् ।
आज मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसुची भएपनि संसद बैठकलाई संम्बोधन गरेर राजिनामा दिने तयारी रहेको काँग्रेस निकट निकट स्राेतले जनाएकाे छ । विश्वासको मत पाउने सम्भावना निकै कम रहेकोले संसद बैठकलाई सम्बोधन गरेर राजिनामा दिने स्रोतले जनाएको छ । यसअघि समर्थन गरेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नु भएको हो । २०८० वैशाख १४ मा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले वैशाख १९ मा ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो ।
वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नाउपा, जनता समाजवादी पार्टी जसपा, नेपाल, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नयाँ गठबन्धनमा केन्द्रका शिर्ष नेताहरु बीच भएको सहमति अनुसार माओवादी दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने गरी तयारी अगाडी बढाइएको माओवादी केन्द्र संसदीय दलका सचेतक इन्द्रजित थारुले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने निणर्य गरे पनि यसको औपचारिक जानकारी बुधबार मात्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको थियो । पत्र—प्राप्त हुन साथ प्रदेश प्रमुखले संसद बैठक अह्वान गर्नु भएको लिखित पत्र बुधबार दिउँसो मात्र प्राप्त भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।