Nepali News Portal

पूर्वीय दर्शन र भाैतिकवाद विषयक विचारगाेष्ठी

बुटवल । प्रगतिसिल लेखक संघ रूपन्देहीका अध्यक्ष वरिष्ठ छन्दकवि कविराज पाैडेलकाे अध्यक्षतामा ` वैदिक दर्शनमा भाैतिकवाद´ विषयक विचारगाेष्ठी सम्पन्न भएकाे छ। त्रिवि,काठमाडौंका पूर्व अङ्ग्रेजी विभाग प्रमुख प्रा.डा. कृष्णचन्द्र शर्माकाे कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रभावाेत्तेजक प्रस्तुति रह्याे।उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लुम्बिनी बाैद्धविश्व विद्यालयका कार्यकारी प्रमुख प्रा.डा.उकेशराज भुजु, रूपन्देही वाम आन्दोलनका अग्रणी व्यक्तित्व देवेन्द्र घिमिरे, वरिष्ठ साहित्यकार ऋषिराम भुषाल, मार्क्सवादी साैन्दर्यचिन्तक डा.मुरारी पराजुली र प्रलेस,केन्द्रीय सचिव डिबि गुरुङ र अतिथिहरू मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय उपमहासचिव सुदीप न्याैपाने, संस्कृतिविद् राजेन्द्र आचार्य र डा. बालकृष्ण चापागाई,प्रलेस केन्द्रीय सदस्य हृदय लेकाली, प्रलेस, प्रदेश उपाध्यक्ष तिलक लामिछाने, लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, समालोचक एवं युवा अध्येता रामचन्द्र श्रेष्ठ, बाैद्धविश्व विद्यालयका प्रा.डा. सागर न्याैपाने, लक्ष्मण जवाली,मार्क्सवादी ज्ञानकेन्द्र,रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी,स्कलर्स हाेम इ. बाे.सेकेन्डरी स्कुलका प्राचार्य बाबुराम बन्जाडे आदि रहनुभएकाे थियाे। कार्यक्रममा साहित्यकार यज्ञलाल सुवेदी ,शालिकराम पाैडेल,हरि पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे।कार्यक्रममा प्रलेस, रूपन्देहीका पूर्व अध्यक्ष प्रगतिवादी चिन्तक डा.मुरारी पराजुलीले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएकाे थियाे भने सञ्चालन सहसचिव सीता ढुङ्गाना काफ्लेले गर्नुभएकाे थियाे।प्रमुख अतिथिकाे उच्च प्राज्ञिकतासहितकाे धाराप्रवाह प्रस्तुतिपश्चात् समालोचक ऋषिराम भुषालले टिप्पणीकारका रूपमा आफ्ना भनाइ राख्नुभएकाे थियाे।

You might also like
Leave A Reply

Your email address will not be published.