बुटवल।
ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । वरिष्ठ बाल साहित्यकार प्राध्यापक डाक्टर कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले जानकारी दिए ।
साहित्य समाजको ऐना हो । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो प्राचार्य शेर्पाले भने । कार्यक्रममा मूलत पुस्तक लेखनका विषयमा विद्यार्थी र साहित्यकार विचमा छलफल हुने विद्यालयले जनाएको छ । साहित्यिक महोत्सवमा नेपाली साहित्यमा युवाको भूमिका ,लेखक कसरी बन्ने ,आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन कला शीर्षकमा साहित्यकार र विद्यार्थी बिचमा परिचर्चा गरिने सह प्राचार्य लिलामणि पाण्डेले जानकारी जानकारी दिए ।
अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्दछन् । उनीहरुका श्रृजनाको प्रदर्शनी पनि यो महोत्सवको विशेष आकर्षण रहने विद्यालयले जनाएको छ । पठन संस्कृतिप्रति पनि नमस्तेका बालबालिका उत्साहित रहेका छ्न । स साना विद्यार्थीले आफूले पढेका पुस्तकहरुको रिभ्यु समेत उक्त महोत्सवमा हुनेछ ।
नमस्ते एकेडेमीकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेयसी पन्थीले सृजना गरेको पुस्तक Shape your life को विमोचन र उक्त पुस्तकको समीक्षा समेत महोत्सवमा हुने र विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी हुने संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए । नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना हुने यस कार्यकममा सरस्वती बन्दना सहित विविध नेपाली लोक सांस्कृतिको पनि पदर्शनी हुनेछ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका साहित्यप्रेमी बालबालिकाले आआफना बाल प्रतिभाहरु प्रस्तुत गर्न यो महोत्सव उक्त दिन अक्षरारम्भ गर्ने तथा सिट बुकिङ गर्ने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिएको विद्यालयले जनाएको छ।