Nepali News Portal

इन्द्रेणी बनभोज कार्यक्रम सम्पन्न

 

बुटवल ।

यौनिक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको साहसी कदम नेपाल रुपन्देहीले आज तिलोत्तमा स्थित वनबाटिकामा इन्द्रेणी बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

यौनिक तथा अल्पसंख्यक समुदायको साहारा बन्दै आएको र आफ्नो समुदायका सदस्यहरुले बर्षमा १ दिन भए पनि सबै एकै ठाउमा सहभागी भई रमाईलो गरुन भन्ने उद्धेश्यले वनभोजको आयोजना गरिएको साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष आनिक रानाले बताईन । वनभोज कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक तथा बुद्धीबर्धक खेलहरू संचालन गरिएको थियो ।

जसमा घैटो फोड खेलमा पत्रकार रिमा विसी कुर्चि दौडमा यौनिक तथा अल्पसंख्यक समुदायकी हसिना क्षेत्री प्रथम भएकी थिइन । विजेताहरुलाई गायिका देविका वन्दना र एशिया फाउन्डेसनका अनुगमन तथा मूल्यांकन अधिकारी इन्द्रजीत तामा्रकारले साहसी पुरस्कार २०८० मेडल प्रदान गरेका थिए

। कार्यक्रममा हाम्रो समाजमा संचार कसरी प्रवाह हुने गर्दछ भन्ने कुरा लाई खेलमार्फत प्रर्दशन समेत गरिएको थियो भने यौनिक तथा अल्पसंख्यक समुदाय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । वनभोज कार्यक्रममा पत्रकार ,नागरिक समाज, यौनिक तथा अल्पसंख्यक समुदायका लगाएतका संघ संस्थाहरु बाट ८० जनाको सहभागिता रहेको थियो

You might also like
Leave A Reply

Your email address will not be published.