Nepali News Portal

संघीयतालाई सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नु पर्छ : सभामुख

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीयतहलाई अफ्टयारो पर्ने नदिइने बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउनुहुदै उहाँले कानुन बनाउनु कुरा ठुलो कुरा नभएको र कार्यान्वयनमा जोड दिन जरुरी रहेको बताउनु भयो । कानुन निर्माणमा स्थानीय तह, प्रदेश र संघको संयन्त्र बनाउन जरुरी रहेको उहाँले भनाइ छ । कपिलवस्तुको शिवपुरमा प्रदेश सभा सचिवालयले आज लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभामुख घर्ती मगरले संघीयतालाई सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नु पर्ने बताउनु भयो । सभामुख घर्ती मगरले भन्नू भयो – “संघीयता माथी जबर्जस्त प्रश्न उठाएको छ । त्यसको जवाफ दिन पनि स्थानीय तह कानुन निर्माण र कार्यान्वयनमा अब्बल हुनु पर्छ । ” सभामुख घर्ती मगरले संविधानले स्थानीय तहलाई कानुन निर्माण , प्रमाणिकरण र कार्यान्वयनको अधिकार दिएकाले कानुन निर्माणमा समेत स्थानीय तहका पदाधिकारी सदस्यहरुको अब्बल हुनुपर्ने बताउनु भयो ।प्रदेश सभाको काम कानुन बनाउने , बजेट पारित गर्ने , सरकार बनाउने र सरकारको काम कार्बाहीको निगरानी गर्ने समेत रहेकोले सरकारलाई जवाफदेही बनाइने उहाँले बताउनु भयो । उहाँले स्थानीय तहमा कर्मचारी ब्यवस्थापनको लागू हिउँदे अधिबेशनमा स्थानीय सेवा बिधेयक सभामा पेश गर्ने गरि काम अघि बढाइएको बताउनु भयो । त्यसै गरि उप सभामुख माननीय मेनुका खाड केसीले प्रदेशबासीलाई दिइने सेवालाई स्थानीय तह अधिकार सम्पन्न निकाय भएको र पालिकाकाले निर्माण गर्ने कानुनले प्रत्यक्ष प्रभाव पार्ने भएकाले कानुन निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । प्रदेश सभा सदस्य अर्जुन केसीले कानुन निर्माणमा ध्यान नदिदा पछी पछुताउनु पर्ने अवस्था आउने भएकाले कानुन निर्माणको चरणमा विवेक पुर्याउनु पर्ने बताउनु भयो । बन ऐनमा जटिलता खुलाउन र नदिजन्य पदार्थको उत्खननमा स्थानीय तहलाई पुर्ण अधिकार दिने गरि ऎन बनाउन जरुरी रहेको उहाँले बताउनु भयो । पुर्ब मन्त्री एवं प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले स्थानीय तहको अधिकारको सहि प्रयोग गरि ऎन कानुन निर्माण गर्दा स्थानीय तह अझै बलियो हुने बताउनु भयो । कृष्णनगर नगर पालिकाका प्रमुख रजत प्रताव शाहले कानुन कार्यान्वयनमा आउने जटिलतामा सहजीकरण गरिदिन आग्रह गर्नु भयो । शिबराज नगरपालिकाका प्रमुख अजय थापाले बिकास निर्माणमा पनि प्रदेशले समन्वय र सहकार्य गर्नु पर्ने बताउनु भयो । प्रदेश बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले कानुन निर्माणमा सहजीकरण गरिदिन कानुनी अधिकृत सहित दक्ष जनशक्तिको ब्यवस्था गर्न आग्रह गर्नु भयो । उहाँले प्रदेश सरकारले स्थानीय तहमा लागु गरेका योजनाहरु समन्वयको अभावमा अधुरो र अपुरो रहेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्षहरुले जल, जंगल, जमिनको अधिकारको पुर्ण स्वामित्व स्थानीय तहलाई दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले स्थानीय तहले बनाएको कानुन परिक्षणमा प्रदेश सभाले सहजीकरण गरिदिनु पर्ने बताउनु भयो । बिजय नगर गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिहर बेल्बासेले स्थानीय तहमा कार्यरत कर्मचारी सम्बन्धि ऎन नबन्दा कर्मचारीको वृत्तिबिकास मै समस्या आएको बताउनु भयो । सचिवालयका अधिकृत राधा रोकाको संचालनमा भएको कार्यक्रममा प्रदेश सभा सचिब दुर्लभ कुमार पुन , कानुन उप सचिब ईश्वरी प्रसाद आचार्यले सभा संचालन सम्बन्धि संबैधानिक ब्यवस्था, नियमावली , कार्यबिधीको बारेमा सहजीकरण गर्नु भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.