Nepali News Portal

तिनाउको जलाधार क्षेत्र संरक्षणको लागी आवश्यक परे ऎन बनाउछौं : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तिनाउ नदिको समुचित प्रयोगले पाल्पा र रुपन्देही जिल्ला लाभान्वित हुने भएकाले यसको संरक्षणको लागी संयुक्त पहल आवस्यक रहेको बताउनु भएको छ । उहाँले तिनाउको जलाधार क्षेत्र संरक्षणमा विशेष ध्यान दिई काम अघि बढाउनु पर्नेमा जोड दिनु भयो । सामुदायिक बन समन्वय समिति तिनाउ पाल्पाको आयोजना आज बुटवलमा भएको तिनाउ जलाधार संरक्षण तथा बाताबरणिय सेवा भुक्तानी सम्बन्धि प्रदेश सभाका माननीय ज्युहरु संगको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बाताबरणिय सेवा भुक्तानीको लागी देखिएको समस्या समाधान गर्न आवस्यक कानुनको अभाव हुन नदिने बताउनु भयो । प्रस्तावित मस्यौदालाई बिधेयकको रुपमा सभामा पेश गर्न सरकारको ध्यानाकर्षण गराउने यदी चासो नदिए गैरसरकारी बिधेयकको रुपमा अघि बढाउन सकिने कानुनी बाटो खुला रहेको पनि उहाँले बताउनु भयो । उहाँले तिनाउ जलाधार क्षेत्रको संरक्षणको लागी एेनको आवस्यकता रहेको बताउनुहुदै यो अन्य जिल्लाको लागी अनुकरणीय हुने पनि बिश्वास व्यक्त गर्नु भयो । जलाधार संरक्षण सम्बन्धि कानुन बनाउनको लागी  यस अघि प्रयास भए पनि कर्मचारीको असहयोगले पुर्णता नपाएको बताउनु हुँदै उहाँले हिउदे अधिबेशनमा बिधेयक पेस हुने गरि काम गर्न सरकारलाई समेत ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो ।   समितीका अध्यक्ष दल बहादुर गुरुङको अध्यक्षता सचिब दिनेश जिसिको संचालनमा भएको कार्यमा प्रदेश सभाका माननीय सदस्य राजु श्रेष्ठ , माननीय खेम सारु, माननीय भोज प्रसाद श्रेष्ठ, हेमा बेल्बासे, माननीय शान्ति लोध, माननीय भवगती अधिकारी, माननीय जानकी न्योेेेे पाने ज्युले प्रस्तावित तिनाउ जलाधार क्षेत्रको संरक्षण सम्बन्धि मस्यौदालाई बिधेयकको रुपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रम कानुन नीति तथा सुशासन विशेषज्ञ डा.चिरञ्जीवी भट्टराई र अदालत दल बहादुर गुरुङले सहजीकरण गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.