बुटवल । रूपन्देहीकाे सियारी-६, लक्ष्मणगञ्जस्थित दुर्गा शैक्षिक गृह शैक्षिक अब्बलतासहित पालिका र जिल्लास्तरका अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा हासिल गरेकाे छ। रूपन्देहीमा सञ्चालित राष्ट्रपति कपलाै लगातार ३ पटक जिती रनिङ शिल्ड नै सदाकाे लागि आफ्नाे पाेल्टामा पार्न सफल यस संस्था शैक्षिक क्षेत्रमासमेत गुणस्तरीय शिक्षा र शैक्षिक विकासका कारणले उत्कृष्टताकाे प्रतीक बनेकाे छ।
स्थानीय तथा प्रदेशस्तरीय लाेकनृत्य प्रतियोगितामा प्रथम, द्वतीय र तृतीय स्थान हासिल गरेकाे यस संस्थाका विद्यार्थीहरू अघिल्लाे महिनामा सञ्चालित रेड क्रसद्वारा आयाेजित पालिका र जिल्लास्तरीय कविता प्रतियाेगितामा कक्षा-१० की मुना क्षेत्री र प्रिन्सु पाैडेल प्रथम भएका थिए।भर्खरै सम्पन्न लुम्बिनी एक्स्पाे- २०८० अन्तर्राष्ट्रिय व्यापार मेलाकाे अवसरमा आयाेजित जिल्लास्तरीय वादविवाद प्रतियाेगितामा यसै संस्थाकी प्रिन्सु पाैडेलले द्वितीय स्थान प्राप्त गरेकी थिइन्। त्यसैगरी आज बुटवमा सम्पन्न राष्ट्रिय युगकवि भूपि शेरचनकाे ८८ ओैँ जन्मजयन्तीकाे अवसरमा आयाेजित जिल्लास्तरीय कविता प्रतियोगितामा मीमांसा बस्यालले प्रथम हुन सफल भएकी छन्। भूपिकै ८७ ओैँ जन्मजयन्तीमा आयाेजित कविता प्रतियोगितामा गत साल पनि यसै संस्थाकी प्रिन्सु पाैडेल प्रथम भएकी थिइन्।उक्त संस्थाका प्रिन्सिपल राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यिक अभियन्ता कविराज पाैडेल रहेका छन्।
You might also like