Nepali News Portal

भुकम्प प्रभावितको उद्वार र राहतको लागी खट्न सभामुखद्वारा अपिल

बुटवल । लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरले भुकम्पबाट ज्यान गुमाउनु भएकी जाजरकाेट नलगाड नगरपालिका उपप्रमुख सरिता सिंह सहित मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु हुँदै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको उल्लेख गर्नु भएको छ ।

भूकम्प पीडित सम्पुर्ण परिवारहरुकाे उद्वार र व्यवस्थापनकाे लागि स्थानीय, प्रदेश र संघीय सरकारमा विशेष अपिल गर्नु भएको छ । साथै सम्पूर्ण नागरिकहरुले प्राकृतिक विपद्मा सहयोगी भावना लिई आफ्नो दायित्व र कर्तव्य सम्झिएर उद्धार र राहतको लागि जुट्न समेत अनुरोध गर्नु भएको छ । उहांले लुम्विनी प्रदेश सरकार गृहमन्त्री ज्यूको नेतृत्वमा सम्माननीय प्रधानमन्त्री ज्युकाे टिम प्रभावित क्षेत्र  जानु भई आफै उद्वारमा खटिएकोमा भएकाेमा नेपाल सरकारलाई धन्यवाद समेत दिनु भएको छ ।

‘लुम्विनी प्रदेश सरकार गृहमन्त्री ज्यूको नेतृत्वमा तथा सम्माननीय प्रधानमन्त्री ज्युको टोली राहत सामग्री र स्वास्थ्यकर्मी सहित प्रभावित क्षेत्र जानु भएको छ । नागरिकप्रति उत्तरदायी भई तत्काल घटना प्रभावित क्षेत्रमा पुगेकोमा नेपाल सरकार र प्रदेश सरकारलाई धन्यवाद समेत व्यक्त गर्दछु ।’  सनिवार जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सभामुख घर्ती मगरले उद्दार, खोज र राहतका लागि खट्न सरोकारवाला र आम नागरिक सबैलाई आग्रह गर्नु भएको हो । १७ गते राती ११.४७ बजे गएकाे ६.४ रेक्टर स्केलकाे भूकम्पले धेरै जनधनकाे क्षेति भएकाेमा सभामुख घर्ती मगरले दु:ख व्यक्त गर्नु भएको हो ।

पछिल्लो प्राप्त जानकारी अनुसार अहिलेसम्म जाजरकोटमा -मृत्यु ९२,घाईते-५५ र रुकुम पश्रिममा-मृत्यु ३६,घाईते ८५ रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.