Nepali News Portal

भुमिहिनलाई जग्गा दिन स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ : नेता पुन, लालपुर्जा दिई छाडछौं : भुमि आयोग उपाध्यक्ष     

 बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिती सदस्य गणेशमान पुनले लालपुर्जा बितरण स्थानीय सरकारले सहयोग र सहजीकरणको काम गर्न ढीला गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छ्न । जिल्लाका केही स्थानमा स्थानीय सरकारले ढिलाई गरेको  महसुस भएको उनले बताए ।  माओवादी केन्द्रले आज बुटवलमा गरेको  भूमिसम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तर्क्रिया कार्यक्रममा नेता  पुनले  कुनै  हालतमा नापी  लगायतका काम रोकिन नहुने बताए ।  “स्थानीय सरकार  केहीले राम्रै गर्नुभएको छ। तर वुटवल १२, वुटवल ११, न्यू दुर्गानगरमा मेयरले चासो नदिएको भन्ने गुनासो आएको छ। तत्काल हल गरियोस् । ” उनले अव्यवस्थित बसोवासीहरूको दस्तुर घटाएर  लालपुर्जा बाँड्ने काम गर्नु पर्ने  बताए ।  जिल्लाका १६ पालिका मध्ये  १० पालिकामा  मात्र  नापीको काम भएको र बाँकी ५ पालिकामा सम्झौता भएको र कोटहिमाइ गापामा पनि सम्झौता सुरु काम गर्न  आयोग र सम्बन्धित पालिका लाई  ध्यानाकर्षण गराए ।   मोतिपुर औद्योगिक क्षेत्र निर्माणको क्रममा  जनताको जग्गा – पुरानो वस्तीलाई थाहै नदिएर औद्योगिक क्षेत्रको नाममा जग्गा हस्तान्तरण गरिएकोमा त्यसलाई पुनःसीमाङ्कन गर्नु पर्ने  उनले बताए । उनले लालपुर्जा पाए पछी १० वर्षसम्म किनबेच गर्न नपाउने भन्नेमा कमसेकम  बैंक प्रयोजनमा राख्ने मिल्ने गरि एन संसोधन गर्न सुझाव समेत दिए  ।  रास्ट्रिय भुमि आयोगका उपाध्यक्ष नरेन्द्र खडकाले भुमिहिन सुकुम्बासी दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कुनै हालतमा लाल पुर्जा दिई छाडने प्रतिबद्धता जनाएका छ्न । उनले भुमिहिन र अवस्थित बसोवासिलाई जग्गाको मालिक नबनाउन जाल्झेल र षड्यन्त्र भै रहेको बताउदै  लालपुर्जा वितरण कसैले रोख्न नसके बताए । उनले कतिपय स्थानीय सरकारले लालपुर्जा वितरणमा चासो नदिदा बिलम्ब भएको बताउदै यो कसैले नचाहेमा नरोकिने पनि उनको भनाइ छ ।  कार्यक्रममा रास्ट्रिय भुमि  आयोगका रुपन्देही जिल्ला अध्यक्ष हरि बहादुर आचार्यले जिल्ला ३२ हजार लालपुर्जा वितरणको लागि तयार भएको बताउदै भब्य कार्यक्रम गरि वितरण गरिने बताए ।  नेकपा (एकीकृत समाजबादी)  जिल्ला  उपाध्यक्ष चीन बहादुर गुरुङले बुटवल उपमहानगरमा केही समस्या देखीएको भन्ने जानकारी आएकाले त्यसकोबारेमा पार्टीको ध्यानाकर्षण भएको बताए   । नेकपाका जिल्ला  इन्चार्ज  सरद ओलिले परिणाम दिने गरि काम गर्ने आयोगलाई सुझाव दिए । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पान्डेले आयोगसंघ सहकार्य गरि लालपुर्जा दिने कार्यमा सहजीकरण गर्ने बताएका थिए । उनी अन्यत्र कार्यक्रम छ भने सुरुमै भाषण गरेर निस्किएका थिए । कार्यक्रम सहभागीले मेयरले सुन्नु पर्ने कुरा  मेयरलाई  सुनाउन  नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.