Nepali News Portal

निजी क्षेत्रले ओरालो लागेको अर्थतन्त्रलाई आशामा बदल्छ: ढकाल

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन ।

उनले मुलुकको खस्किदो अर्थतन्त्रलाई जोगाउने जिम्मा पनि निजी क्षेत्रको रहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले भने – निराशा नहुनुस देश भित्रै देखिएका सम्भावनालाई अवसरमा छन।’
नेपालमा प्रसस्त सम्भावना रहेको र ती सम्भावनालाई अवसरमा बदल्न उनले आग्रह गरे । ।

आफूले शुन्यबाट सुरु गरेर व्यवसायिक घरानाको नतृत्व गरेको बताउँदै सम्भावनाको पहिचान गर्न नसक्दा नयाँ नयाँ अवसरको सिर्जना गर्न नसकिएको उनले बताए । उनले ट्रंक लाईन समस्या समाधानको पहल भईरहेको जानकारी गराउँदै अहिले बजारमा भईरहेको मन्दि नेपालमा मात्रै नभएर विश्वकै समस्या भएकाले विस्तारै लयमा फर्किनेमा विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकासको लागि बुटवल उपमहानगरपालिका बुटवल उद्योग वाणिज्य संघ सहित निजी क्षेत्रसंग सहकार्य गर्न चाहेको बताए ।

मोतिपुर औद्योगिक क्षेत्र निर्माणको कामलाई अगाडि वढाई बुटवलबाट औद्योगिक विकासको राम्रो सन्देश प्रवाह गर्न लागिएको बताए ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यवसायिक वातावरण बनाईदिन तीनै तहका सरकारसंग आग्रह गरे । मुलुकको खस्किदो अर्थतन्त्र र विग्रिदै गएको व्यवसायिक वातावरण सुधार गर्न सकिएन भने मुलुकै अर्थतन्त्र थप जोखिममा पर्ने उनको भनाई छ ।

महासचिव विमलराज भट्टराईले बुटवलका पुराना व्यवसायी चित्रमान गौचन सहित उत्कृष्ट उद्योगी यज्ञश्वर थैव, केशव ढकाल र महिला उद्यमी सुनिता अर्याललाई सम्मान गरिएको जानकारी दिए । त्यसै अवसरमा संघका पूर्वअध्यक्ष, सल्लाहका तथा कार्यसमिति पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको छ ।  संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार पत्रकार सञ्जु पौडेललाई प्रदान गरिएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.