Nepali News Portal

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने

काठमाडौं । सरकारले चाडपर्वलाई कारण देखाएर  कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चाडपर्वको बाहाना बनाएर कृत्रिम मूल्यवृद्धि, नाफोखोरी गर्ने, कालोबजारी गर्ने र खाद्य वस्तुको गह्र कानुनी भण्डारण गर्नेलाई प्रचालित कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय भएको मन्त्री शर्माले atfO{g .

सरकारले उपभोक्तासँग मूल्य वृद्धि, कालोबजारी जस्ता अवैध कार्य गर्नेहरुको सूचना भए हेल्लो सरकार तथा वाणिज्य विभागमा जानकारी गराउन पनि भनेको छ ।

मूल्यवृद्धि नियन्त्रणमा राख्दै सुपथ मूल्यमा उपभोक्तालाई खाद्य वस्तु उपलब्ध गराउन यथासक्य छिटो सहुलियत पसल सञ्चालनका लागि सरकारी नियकालाई आग्रह गर्ने निर्णय सरकारले गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

अस्वभाविक मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गरेर सबैले थाहापाउने गरी दैनिक प्रतिवेदन सार्वजनिक गरिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । यस्तै बजार अनुगमनका सबै संयन्त्रलाई थप प्रभावकारी बनाउन र सरकारी सहुलियत पसल तत्काल सञ्चालनमा ल्याउने निर्णय पनि सरकारले गरेको छ ।

चामल, मैदा, चिउरा र खानेतेलको होलसेल मूल्य घट्यो
दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीले बताएका छन ।

होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ । चिनी, गेडागुडी र दलहन बाहेकका खाद्य वस्तुमा होलसेलमा घटेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए ।

उनका अनुसार सबै प्रकारका चामलको मूल्य किलोमा २ रुपैयाँले घटेको छ । बजारमा हाल बिक्रीमा रहेको सोना मन्सुली, जिरा मसिनो, लङग्रेनदेखि मोटा चामलको मूल्य प्रतिबोरा ५० रुपैयाँले घटेको उनले बताए । बजारमा धेरै मात्रामा बिक्री भइरहेको जिरा मसिना चामलको मूल्य ब्राण्डअनुसार घटेको छ ।

२३ सय रुपैयाँ पर्ने २५ किलोको बोराको चामलको मूल्य २२ सय ५०, २२ सय रुपैयाँ पर्ने २५ किलोको चामलको मूल्य २१ सय ५० र २१ सय रुपैयाँ पर्ने चामलको मूल्य होलसेलमा घटेर २ हजार ५० रुपैयाँमा झरेको छ । यस्तै, २५ किलोको बोरालाई १९ सय ५० रुपैयाँ पर्ने मन्सुली चामलको मूल्य १०० रुपैयाँले घटेर १८ सय ५० रुपैयाँमा आइपुगेको छ ।

यस्तै खाने तलेको मूल्य होलसेलमै लिटरमा २२ रुपैयाँसम्मले सस्तो भएको छ । दुई सय रुपैयाँसम्म लिटरमा होलसेलमा बिक्री भइरहेको तेलको मूल्य १७८ रुपैयाँसम्मले घटेको छ । तोरीको तेलको मूल्य लिटरमा १० रुपैयाँले घट्दा सबै प्रकारका सूर्यमुखी तेल र भटमासको तेलको मूल्य भने लिटरमा २२ रुपैयाँले घटेको हो ।

नयाँ मूल्यअनुसार १७८ रुपैयाँ होलसेलमा सूर्यमुखी र भटमास तेल, १९० रुपैयाँ लिटरमा तोरीको तेल आइपुगेको छ ।

मैदाको मूल्य पनि किलोमा ३ रुपैयाँले घटेको छ । किलोमा ५९ रुपैयाँ पर्ने मैदाको मूल्य अब ५६ रुपैयाँमा आइपुगेको छ । विभिन्न ब्राण्डको प्याकेजिङमा हुने आँटाको मूल्य पनि किलोमा ३ रुपैयाँले घटेको छ । ६५ देखि ७० रुपैयाँ किलोमा बिक्री भइहेको आँटाको मूल्य अब कम्तीमा ६२ रुपैयाँसम्म आइपुगेको छ । यस्तै चिउराको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको चिउराको मूल्य घटेर ४७ रुपैयाँमा झरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.