Nepali News Portal

साहित्यीक चौतारी नेपाल लुम्बिनी प्रदेशको शाखा बिस्तार

वुटवल । साहित्यीक चौतारी नेपाल लुम्बिनी प्रदेश शाखाको समिती बिस्तार सदस्यता वितरण एवं रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी साहित्यीक चौतारी नेपालका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले नेपाली साहित्य र बिकासका लागी स्रष्टाको गहन भुमीका रहेको भन्दै संस्थाले गरेका गतीबिधीको बारेमा प्रष्ट्याउदै बाल साहित्यलाई पनी बिशेष प्राथमिकतामा राखेको बताए ।

सल्लाहकार रामचन्द्र श्रेष्ठले कविता संगै आख्यान क्षेत्रमा पनी संस्थाले काम गर्नुपर्ने बताए ।शहरमात्र नभएर गाउ गाउसम्म संस्थालाई फैलाउनुपर्ने धारणा राख्दै शुभकामना व्यक्त गरे । संस्थाले डि. आर न्यौपाने सुर्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । उपाध्यक्षमा सुनिता प्रतिविम्ब, सचिवमा रमा जैसी , सहसचिवमा सुरज गिरी, कोषाध्यक्षमा विक्रम वली र सहकोषाध्यक्षमा विमल खरेल रहेका छन्। त्यस्तै समितिको सदस्यहरूमा नारायण भुसाल, कृष्ण पाण्डे, मिरा ज्ञवाली, दीपक अपरिवर्तन,रिता खराल, अतिक्षा भुसाल, आभाष बेसाहारा,जिज्ञासु पौडेल तिलक, र तारस घिमिरे रहेका छन् भने समितिको सल्लाहकारहरुमा रामचन्द्र श्रेष्ठ, सकुन ज्ञवाली र प्राञ्जल रहेका छन् ।

साहित्यिक चौतारी नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी संगमको प्रमुख आतिथ्यता तथा कोषाध्यक्ष कमला भण्डारी ढकालको विशिष्ट आतिथ्यता तथा सचिव रमा जैसीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य गोम विक्रम,सुरज गिरी, दिपक अपरिवर्तन, रिता खराल, सागर केसी, मिरा ज्ञवाली, सुनिता प्रतिविम्ब, मिना बस्याल सञ्जय घिमिरे लगायतकाले रचना वाचन गरेका थिए । दुई दर्जन बढि स्रष्टाहरुको उपस्थिती रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.