Nepali News Portal

बुटवलमा उधोगी ब्यावसायीलाई लाग्यो चुनाव

बुटवल । बुटवल उद्योग वाणिज्य संघको नेतृत्व हात पार्न ब्यवसायीहरु चुनावी मैदानमा छन् । उधोगी ब्यवसायीको साझा छाता संस्था संघको नेतृत्वका लागि हाल दुई वटा समुह चुनावी मैदानमा उत्रिएका हुन् । बिहिवार एउटा समुहले उम्मेदवारी घोषणा गरेकोमा शुक्रवार अर्को समुहले उम्मेदवारी घोषणा गरेको छ ।
संघको नयाँ नेतृत्वको लागि हरिप्रसाद अर्याल समुहले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेको छ ।
यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ अधिवेशनबाट संघको नेतृत्व लिनको लागि अध्यक्ष पदमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहेका अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । उनको समुहबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनाकुमारी खनालले उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईलाई दिनेशप्रसाद श्रेष्ठको प्यानलमा पनि राखिएको छ । उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महशुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताए ।
यो समुहले पदाधिकारी सहित कार्यसमिति सदस्यको उम्मेदवार पनि घोषणा गरेको छ । यो समुहबाट कार्यसमिति सदस्यमा काशीराम पौडेल, दीपक चापागाई, जमुना पौडेल, लोकनाथ पाण्डे, जगन्नाथ न्यौपाने, नमकला वेलवासे, रामबहादुर भण्डारी, सुनिता बञ्जाडे, गणेश भट्टराई, दीपक घिमिरे, माधवप्रसाद भुसाल, कमला पन्थ, ज्ञानबहादुर पुन, दीप आचार्य, सवर मिया, इर्साद अली र नारायण रायमाझीको नाम घोषणा गरिएको हो ।

बिहिवार दिनेश प्रसाद श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । ७० औं वार्षिक साधारण सभा तथा २५ औ अधिवेशनमा अध्यक्षका उम्मेदवारको रुपमा दिनेश प्रसाद श्रेष्ठको प्यानल घोषणा गरिएको हो ।

श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष नबिन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसैनलाई अगाडि सारिएको छ ।
कार्यक्रममा पुर्वअध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारहरुको ब्यावसायिक र सामाजिक योगदानसहित परिचय गराएका थिए ।
अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठले ब्यवसायीहरुका हक हितका सवालमा तथा आर्थिक क्षेत्रको विकासका सवालमा आफ्नो टिमले योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
You might also like
Leave A Reply

Your email address will not be published.