Nepali News Portal

नेताहरुमा केन्द्रीकृत मानसिकता हावी भयो : सभामुख

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले वास्तविक रुपमा संघीय ढाचामा मुलुकलाई चलाउने हो भने नेताहरुको सोचमा परिवर्तन आउनु पर्ने बताएका छन ।
अझैपनि नेताहरुमा केन्द्रीकृत मानसिकता रहेको बताउदै उनले केन्द्रीकृत मानसिकता नत्यागे सम्म संघीयता कार्यान्वयन हुनै नसक्ने बताए ।
संचारिका समूह लुम्विनीले आज वुटवलमा गरेको प्रदेश सभा सदस्यहरुविच अनुभव आदान प्रदान कार्यक्रममा सभामुख घर्ती मगरले काठमाडौमा पानी पर्दा लुम्विनीमा छाता ओड्नु पर्ने हो भने संघीयताको कुनै अर्थ नरहने बताए । उनले भने– काठमाडौमा पानी पर्दा यहां छाता ओड्नु परेमा किन चाहियो संघीयता, साच्चीकै नचाहेको भए खारेज गरे भैगो नी ।’
सभामुख घर्ती मगरले लुम्विनी प्रदेश सभा सवै जातजाति भाषा भाषी, सबै समुदायको साझा थलो भएकोले सामाजिक न्याय संगत नीति निर्माण र कानुन निर्माणमा प्रतिवद्ध रहेको बताए । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको शिद्धान्तलाई अंगिकार गर्दै सोही अनुसार भूमिका निर्वाह गरेको समेत उनले बताए ।
उपसभामुख मेनुका खांड केसीले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सबै माननीयहरुको हैषियत एउटै भएकाले कसैले पनि फरक दृष्टीकोण राख्न नहुने बताईन । उनले प्रदेश सभा सदस्यहरु जनताको प्रतिनिधि भएकाले जनताको आवाज सभामा आउनु पर्नेमा जोड दिईन ।
प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, इन्द्रजीत थारु, वसिउद्धिन खां, यम बहादुर नेपाली सार्की, भगवती अधिकारी, जमुना ढकाल, हेमा वेल्वासे केसी, पुर्व सदस्य रमा अर्याल लगायतले पछाडी पारिएका सिमान्तकृत, अल्पसंख्यक समुदायको आवाज सभामा उठाउन जरुरी रहेको र सामाजिक न्यायको लागि सधै पहल कदममी लिने बताए । प्रदेश सभाका सचिव दुर्लभ पुनले सभामा समावेशीकरण देखिएको र लैगिक समानताको लागि सभा पैरवी गर्ने थलो पनि भएको बताए । संचारिका समूहकी अध्यक्ष अमृत अनमोलले लैङ्गिक समानता र समावेशीकरणमा लुम्विनी प्रदेशको अवस्था र प्रदेश सभाले खेल्न सक्ने भूमिकाको विषयमा चर्चा गरेकी थिईन ।

You might also like
Leave A Reply

Your email address will not be published.