Nepali News Portal

राप्तीमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान

तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ ।

व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको हो ।

गाउँपालिकाले भदौ ५ गते देखि दुई छुट्टाछुट्टै टोली बनाई अभियान शुरु गरेको छ। त्यस्तै अभियानकाे पाचौं दिन सम्म पालिकाकाे विभिन्न वडाहरुमा रहेका बजार क्षेत्रमा ३ सय ३२ पसल अनुगमन गर्दा नयाँ पसल दर्ता र नवीकरण मार्फत ७ लाख ३४ हजार ७ सय रूपैयाँ राजश्व संकलन गर्न सफल भएको आर्थिक विकास शाखाका शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिए ।

विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको, मुल्य सुची राखे नराखेको, म्याद नाघेको सामान छ वा छैन लगायतका विषयमा अभियानका केन्द्रित गरिएको उनले बताए ।

त्यस्तै व्यवसायीका वास्तविक समस्या पहिचान, पालिकाले विगतमा दिएका सुझाव कार्यान्वयन भए नभएकाे,व्यावसायीकाे हितको लागि आगामी दिनमा पालिकाले गर्न सक्ने सहयोग ,कर तिर्नु पर्दा व्यावसायीहरुकाे धारणा बुझ्नुकाे साथै करदाता शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको पालिकाका शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिए ।

अभियानमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, शिक्षा अधिकृत बासुदेव खनाल लगायत पालिकाका अन्य कर्मचारीहरु ,वडाका जनप्रतिनिधि र प्रहरीहरुकाे सहभागीता रहेको छ । अभियान केही दिन सम्म सञ्चालन हुने बताइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.