सञ्चारमाध्यमको चिन्ता गर्दै बुटवलमा मिडिया सम्मेलन
नागरिक पत्रकारिताको विकास र सामाजिक संजालको वढ्दो पहुचंले खुम्चदै गएको सञ्चारमाध्यम सम्वन्धी विषयवस्तुलाई लिएर गरिएको सम्मेलनले कति सार्थकता पाउला भन्ने मिडिया क्षेत्रमा चासोका साथ हेरिएको छ ।
बुटवल । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने बुटवलमा मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएको मिडिया सम्मेलनको शुक्रावार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गरे। सो अवसरमा उन्ले मिडियाको आलोचनाले नै सरकारलाई सही मार्गदर्शन हुनसक्ने बताए । मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सफल बनाउन सहयोग पुग्ने बताए ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले मिडिया सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने जानकारी दिए । सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता रहेको छ।
मिडिया सम्मेलनमा सञ्चारमाध्यमको हक हितका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा पनि छलफल हुने संघका उपाध्यक्ष बिष्णु भूषालले बताए । सम्मेलनमा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्पादकीय सन्दर्भमा तथा हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेको संघका सचिव माधव नेपालले जानकारी दिए । नागरिक पत्रकारिताको विकास र सामाजिक संजालको वढ्दो पहुचंले खुम्चदै गएको सञ्चारमाध्यम सम्वन्धी विषयवस्तुलाई लिएर गरिएको सम्मेलनले कति सार्थकता पाउला भन्ने मिडिया क्षेत्रमा चासोका साथ हेरिएको छ ।