Nepali News Portal

विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब बढी

काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएसँगै विदेशी मुद्राको सञ्चिति थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो ।

यो सञ्चितिले समीक्षा वर्षको औसत महिनामा आयात भएको परिमाणका आधारमा ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ । यस्तो सञ्चिति २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर मात्र रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा

खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१।४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.