Nepali News Portal

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो ।
बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै ‘जनतासँग विशेष रुपान्तरण अभियान’को घोषणा गरेको छ । भदौ १६ गते देखी मंसिर १५ गतेसम्म अभियान सञ्चालन हुनेछ । उक्त अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन् ।
‘प्रचण्ड’ले पाँच दिनसम्म चलेको बैठक सोचेको भन्दा सजीव र जीवन्त रुपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए । ‘यो बैठकमा बहसहरु भए । बहस र छलफलबाट हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ’, उनले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ ।’  बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको पनि बताए ।
बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश ईन्चार्जहरु :
१) बर्षमान पुन उपत्यका बिशेष प्रदेश इञ्चार्ज
२} जनार्जन शर्मा बागमति प्रदेश ईन्चार्ज
३) चक्रपाणि खनाल बलदेव १ न प्रदेश ईन्चार्ज
४-लीलामणि पोख्रेल मधेस प्रदेश इञ्चार्ज
५) देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्ज
६) हितमान शाक्य लुम्बिनी प्रदेश इञ्चार्ज
७) मात्रीका यादव कर्णाली प्रदेश इन्चार्ज
८) डिलाराम आचार्य सुदुरपशिम प्रदेश इञ्चार्ज
९) गिरिराजमणि पोख्रेल उ, सम्पर्क समन्वय प्रदेश इञ्चार्ज
१०) राम कार्की प्रवास प्रदेश इञ्चार्ज

You might also like
Leave A Reply

Your email address will not be published.