दाङ । सहकारी केन्द्र नेपालको प्रथम लुम्बिनी प्रदेश भेला प्रदेश राजधानी देउखुरी दाङमा नेतृत्व चयन नगरिकनै सम्पन्न भएको छ । अध्यक्ष चयनमा विवाद भएपछि नेतृत्व बिनै ५५ सदस्यीय समिती मात्र चयन गरि भेला समापन गरिएको थियोे । सहमति बाट अध्यक्ष सहित पदाधिकारी टुंगो लगाइने सहकारी केन्द्र नेपालका केन्द्रिय उपाध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए । भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचिब लिलामणि पोख्रेलले सहकारीले रास्ट्रिय अर्थतन्त्रमा राम्रो प्रभाव परेकाले टिन खम्बे अर्थ नीति स्वीकार गरेको बताए । सहकारीलाई व्यवस्थित गर्न यसको लागि सहकारीहरु सहकारी सिद्धान्त सहकारी ऎन,कार्यविधि संचालकन भए नभएको अनुगमन गर्न आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले सहकारी मार्फत आर्थिक समृद्धि सम्भव भएकोले सहकारी बाट जनताको स्तर माथी उठाउने बताए ।
सहकारी केन्द्र नेपालका केन्द्रीय महासचिव ईश्वरी पाण्डेले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागि उत्पादन मुलक कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी ले सहकारी विशुद्ध नाफाको रुपमा नभएर सदस्यलाई सेवा दिनु पर्ने सामाजिक क्रियाकलाप मार्फत सदस्यको घर घर पुग्नु पर्ने बताए ।
राप्ती गाउँपालिका का अध्यक्ष प्रकाश विष्टले सहकारीलाई चुस्त दुरुस्त र पारदर्शी राख्नको लागि सहकारी अभियान्ताहरु लाग्नु पर्ने बताए ।
सहकारी केन्द्र नेपालका वरिष्ठ केन्द्रिय उपाध्यक्ष रविन्द्र केसिले सहकारी मार्फत अर्थतन्त्रलाई मजबुत बनाउनु पर्ने बताए ।
सहकारी केन्द्र नेपालका केन्द्रिय अध्यक्ष पार्वती थापाले सहकारी विभागको डाटा अनुसार नेपालमा ३० हजार सहकारी रहेको र त्यसलाई मजबुत बनाउनको लागि सहकारी अभियान्ता लाग्नुपर्ने बताइन।
You might also like