लुम्बिनी हेडलाईन्स संवाददाता
गुल्मी (सत्यवती) । स्थानिय भैंसीको दूध संकलन र विक्री गर्ने उद्देश्यले सत्यवती गाउंपालिकाको वडा नं ३ ठूलो लुम्पेकमा दूध संकलन केन्द्र स्थापना गरिएको छ ।
सोमवार एक कार्यक्रमका विच गाउंपालिकाका अध्यक्ष टिकाराम पाण्डेयले संकलन केन्द्रको शुभारम्भ गरे । उनले किसानलाई सवैप्रकारको सहयोग गर्न स्थानिय सरकार तयार रहेको बताए । उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष निरमाया तरामु मगर, पशुपंक्षी विकास शाखा प्रमुख नारायण खनाल, कृषि विकास शाखा प्रमुख उपकार भण्डारी वडाध्यक्ष जित बहादुर तरामु लगायतले मन्तव्य व्यक्त गर्दे वजार व्यवस्थापनमा संकलन केन्द्रले सहजता ल्याउने बताए ।
स्थानिय जातको भैंसीको दुध संकलन गरी विक्रीबाट स्थानीयको जिवनस्तरमा टेवा पुग्ने भएकाले वडाले पनि चासो दिएर संकलन केन्द्र स्थापना गरेको वडाध्यक्ष तरामुले जानकारी दिए ।
किसानको आयस्तरलाई वृद्धि गर्न, आयस्रोतको पहिचान र विस्तार गर्ने पालिकाले सहजीकरण गरिरहेको उनको भनाई छ । दुध संकलन केन्द्र संचालन भएपछि स्थानी भैसीपालक कृषकहरु उत्साहीत भएका छन । वाख्राजन्य मासु उत्पादन र तरकारी उत्पादनमा ठूलोलुम्पेक आत्मनिर्भर वडा हो ।
।