Nepali News Portal

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यले बिश्वासको मत लिदै

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यले बिश्वासको मत लिदै

‎देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा एमालेको संसदीय कार्यालयमा भेला भएका छन् ।

नेकपा एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका सांसदहरू एमाले कार्यालयमा जुटेर सामूहिक रूपमा प्रदेश सभा बैठकमा जाने तयारी गरेका हुन् । सांसदहरूको उपस्थितिसँगै मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत जुटेको बताइएको छ ।

‎नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । सरकारलाई विश्वासको मत दिलाउन एमालेसहित सरकारमा सहभागी दलहरूबीच यसअघि नै आवश्यक समन्वय गरिएको थियो ।

‎एमाले कार्यालयमा भएको छलफलमा प्रदेश सभा बैठकमा सरकारको पक्षमा मतदान गर्ने विषयमा सांसदहरूबीच सहमति भएको छ । एमाले सहित नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जसपाका सांसदहरूले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका छन्  ।

केन्द्रिय सर्कुलर बिपरित जसपाद्वारा आचार्यलाई समर्थन

लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय निर्णय विपरीत प्रदेशसभा सदस्यहरू मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन तयार भएका छन् ।

‎जसपाका सांसद भण्डारीलाल अहिर, आदेश अग्रवाल, सन्तोषकुमार पाण्डेयलगायत सांसदहरू सोमबार नेकपा एमालेको संसदीय दलको कार्यालयमा पुगेका छन् । उनीहरू मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारीमा एमाले संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।यसअघि जसपाका केन्द्रीय महासचिव डा.सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको पत्र सार्वजनिक भएको थियो । तर, प्रदेशसभा सदस्यहरूले भने पार्टी केन्द्रको उक्त निर्णयलाई अस्वीकार गर्दै मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका हुन् ।

You might also like
Leave A Reply

Your email address will not be published.