Nepali News Portal

राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशन : गुटबन्दी गर्न निषेध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारबाट चितवनमा सुरु हुँदैछ ।
पार्टी गठनको चार वर्षपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । महाधिवेशनका लागि चितवनमा देशभरका रास्वपा नेताकार्यकर्ता भेला भइसकेका छन् ।
त्यसको व्यवस्थापकीय र वैधानिक पक्षको काम गर्न रास्वपाले केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ ।
उक्त आयोगले प्रथम महाधिवेशनका लागि चार बुँदे निर्वाचन आचारसंहिता पनि जारी गरेको छ । आचारसंहिताअनुसार पहिलो बुँदामा उम्मेदवारी तथा प्रचार प्रसार सम्बन्धी व्यवस्था गरेको छ । विधिवत् उम्मेदवारी प्रमाणित भइसकेपछि मात्रै प्रचारप्रसार गर्न पाइने, प्यानल वा गुटबन्दी गर्न नपाइने, संयुक्त सूची बाँड्न नपाइने जस्ता विषय उल्लेख छ ।
यस्तै पार्टी र सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय र दलीय स्रोतको प्रयोग गरेर निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाइने भनिएको छ । मतदान सम्बन्धी व्यवस्था र चौथो बुँदामा उजुरी तथा कारबाहीको व्यवस्था राखिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.