बुटवल । बुटवल -६ नेपालगन्जरोड स्थित प्रधान कार्यालय रहेको आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र निउरे टोल विकास संस्थाको आयोजना आज बुटवल- १३ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सनिवार बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा ५६ जनाले रक्तदान गर्नु भएको आयोजकले जनाएका छ्न । कार्यक्रममा प्रमुख अतिथि नेपाल नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण प्रसाद चौहानले रक्तदान महादान भएको बताउनु भयो ।
सहकारीका उपाध्यक्ष एवं टोल बिकास संस्था अध्यक्ष मीन प्रसाद भुसालको अध्यक्षता, उपाध्यक्ष गिता आचार्यको स्वागत तथा सचिब बाबुराम भुसालको संचालनमा भएको कार्यक्रममा जनप्रतिनिधि लाल बहादुर थापा , सहकारीका संचालक समिती सदस्य रुद्रहरि कुँवर, रक्त संचार केन्द्र बुटवलकि प्राबिधिक प्रमुख राधा शर्मा लगायतले मन्तब्य व्यक्त गर्नुहुँदै मानव जीवन बचाउने रक्तको अभाव पुर्ती गर्न रक्तदानको महत्वलाई अझै उजागर गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि , सहकारीका पुर्ब अध्यक्ष बाबुराम बन्जाडेले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरि हौसला दिनु भयो । सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले रक्तदान कार्यक्रम गरिएको र यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने आवास साकोसका अध्यक्ष जिबन प्रसाद अधिकारीले जानकारी दिनु भयो ।