बुटवल। निर्मल लामा स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा आज सैनामैना -४ लखनपारा रुपन्देहीका किसानसंग निर्मल लामा कार्यक्रम सम्पन्न भएको छ ।
कम्युनिष्ट आन्दोलनका अगुवा लामाको स्मृतिमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ । स्व. लामा बास्तवमा कृषकका प्रतिनिधिका रुपमा रहेको र “मेरो सम्झना गरि खाने बर्गले गरोस, काम गरेर क्रान्ति गरेर सधै अगाडी बढेर भन्ने उहाँको भनाईलाई सम्मान गर्न किसानसंग निर्मल लामा कार्यक्रम गरिएको आयोजनाले जनाएका छ्न ।
कृषि तथा पशुपन्छि बिकास सहकारी संस्थाको सह-आयोजकत्वमा प्रतिष्ठानका अध्यक्ष गङ्गा लाल प्रधानको अध्यक्षता भएको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणी पोख्रेलले जे बोल्यो त्यो गर्ने र जे गर्यो त्यो बोल्ने स्व. लामाको आदर्श कम्युनिष्ट नेता कार्यकर्तालाई मात्र नभई सबैका लागि अनुशरणीय रहेको बताउनु भयो । नेता पोख्रेलले सहकारीको माध्यम मार्फत कृषिमा लगानी बढाई नेपालको अर्थतन्त्रलाई सुधार गर्न सकिने बताउनु भयो । उदेश्य अनुरुप सहकारी संचालन हुने अवस्थामा स्वनीयमनको सिद्धान्त उत्तम भए पनि उदेश्य बिपरित कार्य गर्ने सहकारीलाई सरकारको निगरानी र नियमन जरुरी रहेको उहाँको भनाई छ ।
कार्यक्रममा लुम्बिनी कृषि तथा पशुपन्छि बिकास सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम पौडेलले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले नीतिनिर्माणमै सुधार गर्नु पर्ने आवस्यकता औल्याउँनु भयो । सरकारले उत्पादनमा लागेका सहकारीलाई प्रोत्साहन नगर्दा लगानी बढाउन नसकिएको उहाँको गुनासो छ ।
प्रतिष्ठान उपाध्यक्ष सोमनाथ शर्मा, सहकारी अभियान्ता सन्देश सापकोटा, बाबुराम आचार्य लगायतले सहकारी अभियान मार्फत अर्थतन्त्रको बिकास गर्न सकिने सम्भावनालाई मध्यनजर गरि सरकारले प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा सैनामैना सामुदायिक बाख्रा पालन तथा नश्ल सुधार केन्द्रका संचालक, कृषि अभियान्ता प्रेम सागर पौडेलले मलखादको ब्यवस्थापन बिना कृषि उपजको उत्पादन बढाउन नसकिने भएकाले डिएपि प्राङ्गगारिक मल प्रयोगमा जोड दिनु भयो ।
तुलसी एग्रो इण्डिष्ट्ज प्रालीका अध्यक्ष लाल बहादुर थापा , कृषि बिज्ञ राम प्रसाद यादवले कृषि उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो । बुटवल -६ चन्द्रनगर स्थित तुलसी अग्रो इण्डिष्ट्ज प्रालि द्वारा उत्पादित सम्मृद्व शक्ति जिन्क मिक्चर र संगम शक्ति शुक्ष्म पोषक तत्व बजारमा ल्याएको छ । जसले १५ प्रतिशत उत्पादन बढाउने कम्पनीको दाबी छ । उक्त प्रालीले सहभागी कृषकहरुलाई जिन्क र सम्मृद्व झोल शक्ति निशुल्क बितरण गरेको थियो भने लुम्बिनी कृषि तथा पशुपन्छि बिकास सहकारी संस्था लिमिटेडले आफ्नो उत्पादन कृषक प्राङ्गगारिक मल बितरण गरेको थियो ।
You might also like