सुन्दर शहर बालेन सरकारको शोख: सुकुम्वासीकाे हरिवेजाेग
काठमाडौँ । सरकारको निर्णय कार्यान्वयन गर्दै स्थानीय तहले राजधानीका नदि छेउका अव्यवस्थित बस्ती हटाउदा सुकुम्बासीको कन्त बिजोग भएको छ ।
काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती हटाउने अभियान सुरु गरेपछि त्यहाँका विस्थापितहरूको अवस्था निकै दयनीय बनेको छ। महानगरले विस्थापितहरूलाई राख्ने भनेर दशरथ रंगशालाको हाता प्रयोग गरे पनि उचित व्यवस्थापन नहुँदा सर्वसाधारणले ठुलो सास्ती खेप्नुपरेको छ।
महानगरले डोजर चलाएर बस्ती भत्काएपछि विस्थापित भएका सयौँ परिवार यतिबेला त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओत लाग्न पुगेका छन्। तर, त्यहाँ न त उनीहरूको बस्ने ठेगान छ, न त सामान राख्ने ठाउँ नै। खुल्ला आकाशमुनि सामानहरू यत्रतत्र छरिएका छन् भने राहत र पुन:स्थापनाका लागि नाम दर्ता गर्न आएका कतिपय सुकुम्बासीहरूलाई सुरक्षाकर्मीले गेटभित्र छिर्नै दिएका छैनन्।
अस्तव्यस्त बसोबास: डोजर चलेपछि घरवारविहीन भएकाहरूको लत्ताकपडा, खाद्यान्न र भाँडाकुँडाहरू रंगशालाको खुल्ला ठाउँमा छरपस्ट अवस्थामा छन्। पानी पर्दा सामान भिज्ने र घाममा डढ्ने स्थिति छ।
गेटमै रोकिए विस्थापित: आफ्नो नाम दर्ता गराउन र राहतको आशमा आएका धेरै विस्थापितहरूलाई नगर प्रहरी र सुरक्षाकर्मीले रंगशालाको मुख्य गेटबाटै फर्काइदिएका छन्। भित्र रहेकाहरू पनि बाहिर निस्कन र बाहिरका भित्र जान नपाउँदा परिवारका सदस्यहरू बीच नै बिछोड भएको छ।
भोक र प्यासको सास्ती: कतिपय विस्थापितहरूले बिहानदेखि खान नपाएको र बालबालिका तथा वृद्धवृद्धाहरू बिचल्लीमा परेको गुनासो गरेका छन्। महानगरले अस्थायी बसोबासको व्यवस्था गर्ने भने पनि व्यावहारिक रूपमा त्यस्तो देखिएको छैन।
महानगरको कदम र विरोध: सुकुम्बासीहरूले आफूहरूलाई उचित विकल्प नदिई बलजफ्ती उठाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। यता महानगरले भने बागमती सभ्यता जोगाउन यो कदम अनिवार्य भएको तर्क गर्दै आएको छ।: रंगशालाको माहोल यतिबेला कुनै युद्धग्रस्त क्षेत्रको शिविर जस्तो देखिन्छ, जहाँ नागरिकहरू आफ्नै देशमा शरणार्थी झैं बन्न विवश छन्। कतिपयले सरकारले न्यूनतम मानवअधिकारको समेत ख्याल नगरेको आरोप लगाएका छ्न ।
सुकुम्बासी बस्ती हटाउने महानगरको अभियानले सुन्दर सहरको परिकल्पना गरे पनि, विस्थापितहरूको तत्कालिन व्यवस्थापनमा देखिएको यो लापर्बाहीले ठुलो मानवीय संकट निम्त्याउने देखिन्छ। रंगशालामा देखिएको यो दृष्यले राज्यको पुन:स्थापना योजना कति फितलो छ भन्ने प्रस्ट पारेको छ। बिस्थापित सुकुम्बासीलाई ब्यवस्थापनमा सरकारले ध्यान नदिदा चौतर्फी आलोचना भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, एमाले नेपाल कम्युनिष्ट पार्टीले निर्णण गरि सरकारको कामको विरोध जनाएका हुन ।
You might also like