Nepali News Portal

जलजला दुर्घटना : मृतक सबैको खुल्यो पहिचान

जलजला दुर्घटना : मृतक सबैको खुल्यो पहिचान
रुकुम पूर्व । रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान भएको छ ।
बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।
एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनु भयो ।
रोल्पा जलजला दुर्घटनामा ज्यान गुमाउने
सिस्ने–५, टाकुरा, रुकुम पूर्व
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत
भुमे–५, रुकुम पूर्व
११. टेकप्रशाद बुढा
घोराही–१५, रतनपुर, दाङ
१२. दोरपती जिसी (५४ वर्ष)
१३. तिला जिसी (३२ वर्ष)
१४. जेनिस जिसी (७ वर्ष)
१५. जेनिसा जिसी (१२ वर्ष)
१६. एलिना जिसी (२५ वर्ष)
१७. संयोग जिसी (७ वर्ष)
१८. यमबहादुर जिसी (उमेर नखुलेको)
घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक
जिप सडकबाट झन्डै ८ सय मिटर तल खसेको छ । खोंचमा भएकाले सजिलै शव निकाल्ने नसकीए पछी डोरीको सहायताले शव निकालिएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.