बुटवलमा ढाका कपडा बुनाई तालीम
बुटवल । लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालय सामाजिक बिकास डिभिजन कार्यालय भैरहवाको आयोजनाम आज देखि बुटवलमा ढाका कपडा बुनाई तालीम सुरु भएको छ ।
तीन सय ९० घण्टा अर्थात तीन महिना सम्म संचालन हुने उक्त तालीममा बुटवलका तिनाउ क्षेत्रका २० जना प्रशिक्षार्थिहरुको सहभागी रहेको छ । तालिमको शुभारम्भ गर्नु हुँदै सामाजिक बिकास मन्त्रालयका सचिब दिवाकर भण्डारीले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम प्रभावकारी हुने बताउनु भयो । उद्यमशिलताको बिकास बिना रोजगारीको सिर्जना गर्न नसकिने बताउनुहुदै उहाँले सफल उद्यमी बन्न सिपको महत्त्व रहेको बताउनु भयो ।
कार्यालय प्रमुख हरि बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा मितरी बहुउदेशिय सहकारीका अध्यक्ष शत्रुधन शाह, सिमली मन्टेस्वरीका अध्यक्ष महेन्द्र अर्याल, आइएलओ प्रशिक्षक संदिप सापकोटा , प्रशिक्षक लक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको छ। उहाँहरुले तालीममा सिकेको कुरालाई उद्यमशिलतामा जोडन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।