बुटवल । पाल्पा बगनासकाली-२, की गीता पाण्डेकाे मृत्युकाे विषयलाई लिएर आफन्तजनले दोषीलाई कार्बाही गर्न दवाब दिएका छ्न । चिकित्सकीय लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उनीहरूले कार्बाहीको माग गरेका हुन ।
दोषीलाई कारबाहीको माग गर्दै उनिहरुले बुटवलको खत्री नर्सिङ होम, जोनल फार्मेसी र ईन्दुलेखा क्लिनिकमा तालाबन्दी र घेराउ गरे भने अस्पताल लाईनको मुख्य सडकमा अवरुद्ध प्रयास गरेका थिए ।
प्रहरी प्रशासनले सडक अवरुद्ध गर्न दिएन । सुरक्षाका कारण बन्द गरिएको ती स्वास्थ्य क्लिनिकमा सटर बन्द रहेकै अवस्थामा आक्रोशित आफन्तजनले आफ्नो तर्फबाट तालाबन्दी गरेका छ्न । उक्त घटनाको अनुसन्धानको लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
स्रोतका अनुसार खत्री नर्सिङ होमका सन्ध्या बस्नेत, जोनल फार्मेसीका निलम घर्तीमगर, ईन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाइएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार महिलाको मृत्यु भएपछि श्रीमानले उचित कारबाहीको लागि प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्नुभएकाे जानकारी दिनु भएकोछ । उक्त घटनाबारे अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक श्रीवास्तवले मृतकका आफन्तको जाहेरी पछि आफुले अनुसन्धान सुरु गरेको बताउनु भयो।
सूरुमा खत्री नर्सिङ्गहोमले त्यसपछि जोनल फार्मेसीले र त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि ईन्दुलेखा क्लिनिकमा लगिएको थियो त्यहाँ पनि उनको औषधी चलाएर गर्भपतन गराउने प्रयास गर्दा स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएको मृतकका श्रीमान प्रकाश पाण्डेले वताउनु भयो । लुम्विनी सिटी अस्पतालमा पुर्याउदा चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए।
बैशाख ५ गते आफ्ना श्रीमान् सहित बुटवलमा पुग्नुभएकी उहाँलाई खत्री नर्सिङ्गहोम (मेडिकल) हल ईट्टाभट्टीमा उपचारको लागिएकाे थियाे ।
त्यहाँ गर्भपतन गराउनको लागि स्वास्थ्यकर्मीले औषधी चलाएका थिए । त्यसपछि त्यहाँ गर्भपतन हुने सम्भावना नभएपछि पाण्डेलाई बुटवल हस्पिटल लाइनमा रहेको जोनल फार्मेसी (क्लिनिक) मा लगिएको थियो ।
त्यहाँ पनि उहाँको उपचार सम्भव नभएपछि सोही स्थानमा रहेको ईन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि उहाँको औषधी चलाएर गर्भपतन गराउने प्रयास गरिएको थियो ।
उपचारको क्रममा नर्सिङ्ग होम, क्लिनिक वा फार्मेसीले लापरबाही तरिकाले औषधी चलाएका कारण पाण्डेको मृत्यु भएको भन्दै आफन्तजनले दोषीलाई कार्बाहीको माग गरेका हुन ।
You might also like