Nepali News Portal

युवाहरू बीच झडप, बर्गदवा क्षेत्रमा निषेधाज्ञा

युवाहरू बीच झडप, बर्गदवा क्षेत्रमा निषेधाज्ञा
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर युवाबिच तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.