३१ औं जनयुद्ध दिवस मनाईयो, उम्मेदवार पाण्डेद्वारा दिप प्रज्वलन
बुटवल । तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु भएको दिनलाई स्मरण गर्दै आज जनयुद्ध दिवस मनाईएको छ । जुन जनयुद्धको जगमा भएको जनआन्दोलनले जहाँनिया शाही शासनको अन्त्य भई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । माओवादी घटक मात्र होईन परिवर्तन चाहने अग्रगामी सबैले जनयुद्धलाई एउटा महत्त्वपूर्ण दिनको रुपमा स्मरण गर्छन । निरङकुश शाही शासनको अन्त्य र जनसत्ता स्थापनाको उद्घोष गरेर सशस्त्र जनयुद्ध सुरु गरेको दिन ३१ बर्षमा प्रबेश गरेको छ ।
बुटवलमा आज दीप प्रज्वलन तथा सुभकामना आदानप्रदान गरि ३१ औं जनयुद्ध दिवस मनाइएको छ । नेपाली कम्युनिष्ट पार्टी रुपन्देही क्षेत्र न २ र वडा निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा रुपन्देही क्षेत्र न.२ का उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सुभाष पाण्डेले उपलब्धिलाई रक्षा गर्न परिवर्तनकारी शक्तिको बिजय हुनु पर्ने बताउनु भयो । उहाँले रुपन्देही क्षेत्र न २का जनताको समस्याको बारेमा आफू जानकार रहेको बताउनु हुँदै त्यसको समाधानको लागि जनता संगै रहेर काम गर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय सल्लाहकार निमानन्द गैरे, केन्द्रिय सदस्य राम परियार, प्रदेश समिति सदस्य दिपा बिक तुल्सी नेउपाने, प्रकास कुमाल लगायतले मन्तब्य व्यक्त गर्नु भयो । सो अवसरमा उम्मेदवार पाण्डेले बुटवल १-२को संयुक्त वडा स्तरीय चुनाव प्रचार कार्यालय उदघाटन गर्नु भयो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वको ऐतिहासिक महत गाउँ पुगेर सहिदलाई सम्झनु भएको छ । फागुन २१ को निर्वाचनका लागि रुकुम पूर्वका उम्मेदवार रहेका प्रचण्डले बिहानी महत गाउँ पुगेर सहिदका सालिकमाथि माल्यार्पण गर्नु भयो।
जनयुद्धका क्रममा राज्य पक्षबाट हत्या गरिएका ५८ जनाको स्मृतिमा निर्माण गरिएको युद्ध स्मृति पार्क जसको पृष्ठभूमिमा ऐतिहासिक महत गाउँ रहेको छ । २०५६ साल असोज ५ गते महत गाउँमा प्रहरीका डिएसपी ठुले राईलाई तत्कालीन माओवादीले आफ्नो नियन्त्रणमा लिएको थियो।
पछि राज्य पक्ष र तत्कालीन माओवादीबिच सम्झौता भई राज्यले नियन्त्रणमा लिएका देव गुरुङलाई माओवादीसमक्ष बुझाएको थियो भने माओवादीले डीएसपी ठुले राईलाई राज्यलाई सुम्पेको थियो।
राई जनयुद्धमा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारी थिए । २०५७ चैत्रमा रुकुमकोट चौकी आक्रमण गरी पूर्ण कब्जा गरेको थियो ।
You might also like