मुलुकको जिम्मेवारी युवामा काधमा, सहि युवा नेतृत्व छान्नुहोस: बिश्वदिप
नेपाली कम्युनिष्ट पार्टीद्वारा ३ सय १ सदस्यीय युवा परिचालन समिति गठन
मुलुकको जिम्मेवारी युवामा काधमा, सहि युवा नेतृत्व छान्नुहोस: बिश्वदिप
नेपाली कम्युनिष्ट पार्टीद्वारा ३ सय १ सदस्यीय युवा परिचालन समिति गठन
बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले क्षेत्र नं २ मा कृष्ण थापाको संयोजकत्वमा ३ सय १ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।
शनिवार बुटवलमा सम्पन्न भेलाले समितिको सह–संयोजकहरुमा प्रकाश परियार, सिर्जन थापा, धनसिंह खाम्चा र गोबिन्द खरेललाई चयन गरेको छ । त्यसै गरि ३१ सदस्यीय सचिवालय गठन गरिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका १३ वडा, तिलोत्तमाका ६ वडा र सैनामैनाका ४ वडामा नेतृत्वमा रहेका युवाहरुलाई परिचालन समितिमा राखिएको नेकपाले जनाएको छ । निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन बिथोल्ने गतिविधि र आम मतदातालाई अनेक प्रलोभन देखाएर प्रभावित पार्ने अवस्थालाई न्यूनिकरण गर्न युवाहरुले भूमिका खेल्ने संयोजक कृष्ण थापाले बताउनु भयो। युवा परिचालन समितिले आफ्ना उम्मेदवारलाई विजयी बनाउन मतदाता शिक्षा र चुनाव चिन्हका बारेमा समेत जनतालाई जागरुक बनाउन भूमिका खेल्ने छ ।
युवा भेलालाई सम्बोधन गर्नुहुँदै रुपन्देही क्षेत्र नं २ का उम्मेदवार तथा युवा नेता सुवास पाण्डे ‘विश्वदीप’ले मुलुकको जिम्मेवारी युवाको काधमा आएको बताउनु भयो । अहिले सहि नेतृत्व चयन गर्न नसकिए मुलुक र जनताले दु:ख पाउने बताउनु हुँदै उहाँले देशलाई समृद्धिको दिशामा अघि लैजाने भिजन सहितको युवा नेतृत्वको आवस्यकता औंल्याउनु भयो । उहाँले आफुलाई बिश्वास गरेर निर्वाचित गराउन अपिल समेत गर्नु भयो ।
उहाँले युवाहरुलाई स्वरोजगार बनाउन आफूले महत्वपूर्ण पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे । उम्मेदवार पाण्डेले रुपन्देहीको विकासका साथै समग्र लुम्बिनी प्रदेशको विकासमा आफूले नेतृत्व गर्न चाहेको उल्लेख गर्दै पार्टीका शिर्षस्थ नेताहरुसंगको सहकार्यबाट प्राप्त अनुभवलाई जनताको हितमा लगाउने बताउनु भयो । भेलामा उपस्थित युवाहरुसंग उम्मेदवार पाण्डेले अन्तरक्रिया समेत गर्नु भयो ।
युवा परिचालन समितीका संयोजक कृष्ण थापाको अध्यक्षता भएको युवा भेलामा केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समितीका संयोजक नारायण जिसि निर्मल, केन्द्रिय सदस्य राम परियारले रुपन्देही -२ले भिजन सहितको युवा उम्मेदवार पाएको र बिजय बनाउन युवाको कृयाशिलता आवश्यक रहेको बताउनु भयो ।
युवा परिचालन समितीका सह संयोजक प्रकाश बिकको संचालन अर्का सह संयोजक सिर्जन थापाको स्वागतमा भएको भेलामा रुपन्देही क्षेत्र न.२ का युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।