देशलाई दुर्घटन हुनबाट रोक्न निर्वाचन : बलदेव
बुटवल ।नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले कांग्रेस, एमाले र नयाँ भनिएका दलहरुबाट मूलुक संकट धकेलिएको बताउनु भएको छ । मुलुकलाई दुर्घटनालाई रोक्न असाधारण निर्वाचनमा होमिएको र नेपाली कम्युनिष्ट पार्टीले देशलाई निकास दिने बताउनु भयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ ले गठन गरेको निर्वाचन परिचालन समिती घोषणा सभालाई आज बुटवलमा सम्बोधन गर्दै उहाँले देशलाई दुर्घटन हुनबाट रोक्न र जनताको अपेक्षा अनुसार बिकासको खाका कोर्न नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुलाई बिजयी बनाउनु पर्ने बताउनु भयो ।
फागुन २१ गते हुने निर्वाचन नियमित संसदीय निर्वाचन नभई जेनजी आन्दोलनले निम्त्याएको विशेष निर्वाचन भएकोले सम्पूर्ण शक्ति लगाएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनु भयो ।
घोषणा कार्यक्रममा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार सुवास पाण्डे विश्वदीपले रुपन्देही -२ का जनताको प्रतिनिधित्व गर्दै समृद्धि र जनताको अधिकार स्थापित गर्न उम्मेदवारी दिएको बताउनु भयो । ” विकास निर्माणको अभिभारा पुरा गर्छु । जनताको बिश्वासलाई मैले मर्न दिने छैन ।” उहाँले भन्नु भयो ।
राजनैतिक विश्लेषक युग पाठकले चुनावभन्दा ठूलो लडाई देशलाई संभावित दुर्घटनाबाट जोगाउनु रहेको बताउनु भयो ।
निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु राम परियार, महेन्द्र अर्याल, मजदुर नेता चिनबहादुर गुरुङ्ग, नेतृ रिज्जु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
रुपन्देही क्षेत्र नं २ मा बुटवल उपमहानगरपालिका , तिलोत्तमा नगरपालिकाका १ देखि ६ नं सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नं सम्मका वडा पर्दछन । ती वडाको प्रतिनिधित्व हुने गरि नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको बताईएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नारायण जी सी निर्मलको संयोजकत्वमा गठित समितिको सह संयोजकमा कमल बस्याल, निर्देशक अनुगमन र मत सर्वेक्षण समितिको संयोजकमा पार्टीका केन्द्रिय सदस्य राम परियार रहनु भएको छ ।
You might also like