Nepali News Portal

उम्मेदवारी उत्साहजनक, ३,४८४ को दर्ता

उम्मेदवारी उत्साहजनक, ३,४८४ को दर्ता
बुटवल । प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ २१ फागुनको प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचनका लागि मंगलबार देशभर शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । १६५ वटै निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्तामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार कुल ३,४८४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनु भएको छ । तीमध्ये ३,०८८ पुरुष, ३९५ महिला र एकजना अन्य छन् । राजनीतिक दलका तर्फबाट २,२९७ जना उम्मेदवार दर्ता हुँदा २,०६८ पुरुष, २३५ महिला र एक अन्य छन् । स्वतन्त्र उम्मेदवारको संख्या १,१८७ रहेको छ, जसमा १,०२४ पुरुष र १६० महिला छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् । समानुपातिकतर्फको मनोनयन पुस १३ र १४ गते सकिसकेको थियो भने प्रत्यक्षतर्फको मनोनयन भएको हो ।
रुपन्देही २ मा ४१ जनाको उम्मेद्बारी
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही – २ बाट २१ राजनीतिक दल र २० स्वतन्त्र गरी ४१ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयका प्रमुख राजेन्द्र नेउपानेका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट सुभाष पाण्डे , नेकपा एमालेबाट विष्णु पौडेल, नेपाली कांग्रेसबाट चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यसै गरि नेकपा माओवादीबाट बीरेन्द्र बिक, राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने कमल भुसाल, राष्ट्रिय जनमोर्चाबाट रुकबहादुर पराजुली, जनता समाजबादी पार्टी नेपालबाट दिपक गुरुङ, , राष्ट्रिय जनमुक्ति पार्टीबाट केशवबहादुर थापा , श्रम संस्कृति पार्टीबाट भिमबहादुर गौतम, समावेशी समाजवादी पार्टीबाट देवेन्द्रबहादुर खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायणप्रसाद नागिला, मंगोल नेसन अर्गनाइजेनबाट चन्द्र कुमारी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यन्जु र नेसनल रिपब्लिक नेपालबाट थम्मन बहादुर बुढा मगरले मनोनयन दर्ता गराउनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.