Nepali News Portal

लक्ष्मीपुर माविको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईयो

गुल्मी (सत्यवती) । गुल्मी सत्यवती गाउँपालिका स्थित लक्ष्मीपुर माविको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । साताब्यापी कार्यक्रम गरि बिधालयले बार्षिकोत्सव मनाएको हो ।
बि.सं. २०२४ मा स्थापना भएको यस बिधालय वडाको ३ बिद्यालय मध्ये माध्यमिक तह (कक्षा १२ सम्म) अध्ययन अध्यापन हुने एक मात्र बिद्यालय हो ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गुणदेव कुँवरको अध्यक्षता, सत्यवती गाउँपालिकाका अध्यक्ष श्री टिकाराम पाण्डेको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने शिक्षाप्रेमी चन्दादाता,अक्षयकोषदाता, विभिन्न खेलकुद प्रतियोगितामा बिजयी बिद्यार्थीहरु, उत्कृष्ट शिक्षक कर्माचारीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको प्रधानाध्यापक रामप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
पालिकाका उपाध्यक्ष निरमाया तरामु , निबर्तमान अध्यक्ष पारीस्वर ढकाल, वडा अध्यक्ष खड्गबीर थापा, शिक्षा शाखा प्रमुख लोकराज गिरी लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन शिक्षक शेर बहादुर कुँवरले गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.