बुटवल । नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले मुलुकको निकासको लागि कम्युनिष्ट पार्टी बीचको एकता अपरिहार्य भएको बताउनु भएको छ । कम्युनिष्ट पार्टीमा आएको क्षयीकरणले मुलुकलाई नै असर पुगेको उहाँहरुको भनाई छ।
नेपाली कम्युनिष्ट पार्टी बुटवल उपमहानगरपालिकाको एकता सन्देश सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय नेता तथा पुर्ब मन्त्री सोम प्रसाद पाण्डेले पार्टी एकता मुलुक र नेपाली जनताको हितको लागि पार्टी एकता गरिएको बताउनु भयो । नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न र मुलुक र जनताको रक्षा गर्नका लागि माओवादी केन्द्र र एकिकृत समाजबादी लगायतका अरु दलहरु बिच पार्टी एकता गरिएको उहाँले बताउनु भयो । नेपालमा कम्युनिष्टको बहुमत रहे पनि कम्युनिष्ट पार्टीमा आएको क्षयीकरण किन भईरहेको छ भन्ने समिक्षा गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा पुर्ब मन्त्री नेपाली कम्युनिष्ट पाटीका नेता सुर्दशन बरालले पार्टी एकताले कार्यकर्ता र जनतामा उत्साह आएको बताउनु भयो । उहाँले बिगतमा जनताका जनजिबिकाका सबालमा केही कमजोरी रहेको बताउदै अब जनताको जिबनस्तर माथी उठाउने गरि अगाडी बढ्नु पर्ने बताउनु भयो । नेता बरालले हिजोका गल्तीहरुको गम्भिर आत्मसमिक्ष गदै नेपाली कम्युनिष्ट पाटी अगाडी बढ्ने दृढता ब्यक्त गर्नु भयो।
कार्यक्रममा केन्द्रिय नेता राजु नेपाली साबिक एकीकृत समाजबादीका बुटवल उपमहानगरपालिका अध्यक्ष चिन बहादुर गुरुङ ,माओबादी केन्द्रका बुटवल उपमहानगरपलिका अध्यक्ष महेन्द्र भुसाल , नेता कमल भण्डारी लगायतले मन्तब्य व्यक्त गर्नु भयो ।
You might also like